श्रीमद्भागवत कथा सप्ताहमा सहभागी हुन पण्डित सुवेदी बेलायतमा

लन्डन । १८ महापुराण प्रवक्ता पण्डित कुवेर सुवेदी बेलायत आएका छन् । सुवेदी श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बेलायतमा श्रीमद्भागवत कथा सप्ताहमा सहभागी हुन सोमबार साँझ लण्डन उत्रिएका हुन् । सुवेदी हिथ्रोस्थित टर्मिनल ४ मा उत्रिदा पण्डितद्वय चिरन्जीबी ढकाल, निलहरी घिमिरे तथा भक्तजनले स्वागत गरेका थिए । धर्मदर्शन फाउन्डेशन नेपाल र बेलायत निवासी भक्तजनहरूको सक्रियतामा आगामी […]

Jul 29, 2025 - 07:37
 0
श्रीमद्भागवत कथा सप्ताहमा सहभागी हुन पण्डित सुवेदी बेलायतमा

लन्डन । १८ महापुराण प्रवक्ता पण्डित कुवेर सुवेदी बेलायत आएका छन् ।

सुवेदी श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बेलायतमा श्रीमद्भागवत कथा सप्ताहमा सहभागी हुन सोमबार साँझ लण्डन उत्रिएका हुन् ।

सुवेदी हिथ्रोस्थित टर्मिनल ४ मा उत्रिदा पण्डितद्वय चिरन्जीबी ढकाल, निलहरी घिमिरे तथा भक्तजनले स्वागत गरेका थिए ।

धर्मदर्शन फाउन्डेशन नेपाल र बेलायत निवासी भक्तजनहरूको सक्रियतामा आगामी अगस्ट १२ देखि १८ तारिखसम्म साउथलस्थित विश्व हिन्दू मन्दिरमा श्रीमद्भागवत कथा सप्ताह आयोजना हुँदैछ ।

कार्यक्रम प्रत्येक दिन साँझ ४ बजेदेखि एक हप्तासम्म सञ्चालन हुनेछ।

अन्तरराष्ट्रिय कथाव्यास पण्डित सुवेदीले नेपालका विभिन्न स्थानमा विशेष गरी चितवनस्थित देवघाट आश्रममा दैनिक तीन सयभन्दा बढी भक्तजनलाई निःशुल्क भोजन तथा बसोबासको व्यवस्था गर्दै आएका छन्।

धर्मदर्शन युट्युबमार्फत विश्वभर धार्मिक जागरण, भक्ति–ज्ञान तथा आध्यात्मिक कथा प्रवचन गर्ने सुवेदीले बेलायतमा पनि कथा, प्रवचन र भजन–कीर्तन गर्ने कार्यक्रम छ 

फाउन्डेशनले बेलायतवासी सम्पूर्ण नेपालीलाई तन, मन, धनद्वारा सहयोग, कथा श्रवण गर्न र प्रसाद ग्रहणका लागि परिवारसहित उपस्थित हुन हार्दिक आमन्त्रण गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register