जय नेपाल कप : मिड-वेस्ट विश्वविद्यालयले दिल्लीलाई हरायो
काठमाडौं । जय नेपाल कप क्रिकेटमा मिड–वेस्ट विश्वविद्यालयले दिल्लीलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा दिल्लीले दिएको ६० रनको लक्ष्य मिड–वेस्टले १०.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । निश्चल रावलले १८ तथा दिपकप्रसाद र रविन्द्र जङ्गले १६–१६ रन बनाए । दिल्लीका कार्तिक मेहराका लागि ३ […]

काठमाडौं । जय नेपाल कप क्रिकेटमा मिड–वेस्ट विश्वविद्यालयले दिल्लीलाई ६ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा दिल्लीले दिएको ६० रनको लक्ष्य मिड–वेस्टले १०.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
निश्चल रावलले १८ तथा दिपकप्रसाद र रविन्द्र जङ्गले १६–१६ रन बनाए ।
दिल्लीका कार्तिक मेहराका लागि ३ तथा दिव्यान्शु सिंहले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले १९.५ ओभरमा ५९ रनमा अलआउट भएको थियो ।
दिल्लीका लागि प्रियान्शा चामोले १८ र कुलदीप यादवले १० रन बनाए ।
मिड–वेस्टका लागि विपिन खत्रीले ३, दिवन पुन र सुरज बोहराले २–२ तथा दिनेश अधिकारीले १ विकेट लिए ।
What's Your Reaction?






