अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया विजयी
काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया रानामगर विजयी भएकी छन् । पेरिसडाँडामा जारी उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणनामा कोषाध्यक्ष पदको गणना सकिँदा रानामगर निर्वाचित भएकी हुन् । उनले ५९६ मत ल्याएकी छन् । उनी पार्टी उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलकी हुन् । यस्तै, सचिव खुलामा सम्झना राई, प्रैम […]

काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया रानामगर विजयी भएकी छन् ।
पेरिसडाँडामा जारी उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणनामा कोषाध्यक्ष पदको गणना सकिँदा रानामगर निर्वाचित भएकी हुन् ।
उनले ५९६ मत ल्याएकी छन् । उनी पार्टी उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलकी हुन् ।
यस्तै, सचिव खुलामा सम्झना राई, प्रैम जैशी (मामा), वीरेन्द्र जिसी, शिशिर बस्याल निर्वाचित भएका छन् ।
What's Your Reaction?






