न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ माघ २० गते

काठमाडौं । संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाइ यही माघ २० गते गर्ने भएको छ । सभापति ईश्वरी न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यतालिकामाथि छलफल गरी उनको संसदीय सुनुवाइ यही माघ २० गते गर्ने निर्णय गरेको छ । सोही सन्दर्भमा आजको बैठकमा खड्काले प्रस्तुत गर्ने अवधारणापत्र र कार्ययोजना […]

Jan 27, 2025 - 13:44
 0
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ माघ २० गते

काठमाडौं । संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाइ यही माघ २० गते गर्ने भएको छ ।

सभापति ईश्वरी न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यतालिकामाथि छलफल गरी उनको संसदीय सुनुवाइ यही माघ २० गते गर्ने निर्णय गरेको छ । सोही सन्दर्भमा आजको बैठकमा खड्काले प्रस्तुत गर्ने अवधारणापत्र र कार्ययोजना समिति सदस्यहरूलाई वितरण गरिएको छ ।

दश दिनअघि प्रस्तावित सदस्यउपर कुनै उजुरी वा सिकायत भए पठाउन सार्वजनिक सूचना जारी गरिएकामा कुनै उजुरी नपरेको समिति सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register