नेपाल र भारतबीच कृषि सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री  शिवराजसिंह चौहानले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । काठमाडौंमा आयोजित तेस्रो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठकपछि हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा विशेषगरी बाली उत्पादकत्वमा सुधार, पोष्टहार्भेष्टको व्यवस्थापन […]

Apr 9, 2025 - 12:24
 0
नेपाल र भारतबीच कृषि सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री  शिवराजसिंह चौहानले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

काठमाडौंमा आयोजित तेस्रो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठकपछि हस्ताक्षर भएको हो ।

उक्त समझदारीपत्रमा विशेषगरी बाली उत्पादकत्वमा सुधार, पोष्टहार्भेष्टको व्यवस्थापन र बजारीकरणका साथै जलवायु उत्थानशीलता र दिगो कृषिजस्ता क्षेत्रमा हाल जारी रहेको सहयोगलाई नयाँ प्रेरणा दिने उल्लेख छ ।

दुवै मन्त्रीबीच कृषि क्षेत्रमा रहेको द्विपक्षीय सहयोगको समीक्षा भएको छ भने पारस्परिक लाभका लागि सहकार्यलाई थप बढावा दिने तरिकाहरूबारे छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register