अदुवा प्रशोधन केन्द्र बन्द हुँदा करोडौँ लगानी खेर
झापा, १९ माघ । झापाको मेचीनगर–१० धुलाबारीमा निर्माण भएको अदुवा प्रशोधन केन्द्र केही वर्ष सञ्चालनमा आएर बन्द भएपछि करोडौँ लगानी खेर गएको छ । अदुवाको उत्पादन, प्रशोधन तथा व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले निर्माण भएको अदुवा प्रशोधन केन्द्र बन्द भएको हो । सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार सञ्चालनमा आएको अदुवा प्रशोधन केन्द्र ९परियोजना० का लागि विश्व व्यापार [...] The post अदुवा प्रशोधन केन्द्र बन्द हुँदा करोडौँ लगानी खेर appeared first on Jhapa Online.

झापा, १९ माघ । झापाको मेचीनगर–१० धुलाबारीमा निर्माण भएको अदुवा प्रशोधन केन्द्र केही वर्ष सञ्चालनमा आएर बन्द भएपछि करोडौँ लगानी खेर गएको छ ।
अदुवाको उत्पादन, प्रशोधन तथा व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले निर्माण भएको अदुवा प्रशोधन केन्द्र बन्द भएको हो । सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार सञ्चालनमा आएको अदुवा प्रशोधन केन्द्र ९परियोजना० का लागि विश्व व्यापार सङ्गठनले ११ लाख ७३ हजार ६९४ डलर खर्च गरेको थियो ।
भारतीय व्यापारीको सिन्डिकेटको कारण प्रशोधन केन्द्र नचलेको उद्योगी नरेन्द्र खड्काले जानकारी दिनुभयो । सो उद्योग उहाँले नै सञ्चालन गर्नुभएको थियो । भारतको क्वारेनटाइनले माटो भएको अदुवा जान नदिनु, कोलकातामा ल्याब टेस्ट गरेर मात्रै लैजान दिन थाल्नु नै प्रशोधन केन्द्र बन्द हुनुको मुख्य कारण रहेको खड्काले बताउनु भयो । सरकारको असहयोगका कारण पनि प्रशोधन उद्योग नचलेको उहाँ बताउनु हुन्छ ।
झापाका कृषकलाई अदुवा उत्पादनमा सहभागी गराई स्वावलम्बी बनाउने अवधारणाअनुसार सो प्रशोधन केन्द्र बनाइएको थियो । परियोजनाअन्तर्गत किसानले उन्नत जातको बीउबिजन प्रयोग गरी अत्याधुनिक प्रविधिबाट अदुवा उत्पादन गर्ने लक्ष्य लिइएको थियो । झापाको साविक खुदुनाबारी, डाँगीबारी, शान्तिनगर, बुधबारे, बाहुन डाँगी, मेचीनगर र पृथ्वीनगरमा कपुरकोटे, बोसे, जिरे, मकवानपुरे र स्थानीय जातको अदुवा खेती हुने गरेको छ ।
The post अदुवा प्रशोधन केन्द्र बन्द हुँदा करोडौँ लगानी खेर appeared first on Jhapa Online.
What's Your Reaction?






