कनकाईमा महिला दिवस : ज्येष्ठ मातालाई सम्मान, निःशुल्क स्वास्थ्य परीक्षण

चन्द्र बस्नेत कनकाई, २४ फागुन । झापाको कनकाईमा विविध कार्यक्रमका साथ ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । नगरका नौ वटै वडामा विविधि कार्यक्रमको आयोजना गरी रचनात्मक तवरले दिवस मनाइएको हो । ‘सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका कनकाईका सबै वडामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी दिवस मनाइएको [...] The post कनकाईमा महिला दिवस : ज्येष्ठ मातालाई सम्मान, निःशुल्क स्वास्थ्य परीक्षण appeared first on Jhapa Online.

Mar 8, 2025 - 14:46
 0
कनकाईमा महिला दिवस : ज्येष्ठ मातालाई सम्मान, निःशुल्क स्वास्थ्य परीक्षण

चन्द्र बस्नेत

कनकाई, २४ फागुन । झापाको कनकाईमा विविध कार्यक्रमका साथ ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।

नगरका नौ वटै वडामा विविधि कार्यक्रमको आयोजना गरी रचनात्मक तवरले दिवस मनाइएको हो । ‘सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका कनकाईका सबै वडामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।

आज कनकाईको वडा नं. १ देखि ८ सम्म छुट्टाछुट्टै स्थानमा विविधि कार्यक्रम गरिएको छ भने ९ नम्बर वडामा शुक्रबार दिवसको अवसरमा कार्यक्रम गरिएको थियो । नगरपालिकाको सभाहलमा भएको वडा नं. १ को कार्यक्रममा विविध प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमसहित छुट्टाछुट्टै ५ विधाका ५ जना महिलालाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा ९२ वर्षीया जेष्ठ माता विष्णुमाया निरौला, पूर्वजनप्रतिनिधि दुर्गादेवी ओली, कोकिला बस्नेत, लघु उद्यमी नन्दिनी मण्डल र स्वास्थ्य स्वयम्सेविका सुमित्रादेवी खबासलाई सम्मान–पत्र, दोसल्ला तथा विभिन्न उपहारका साथ सम्मान गरिएको हो ।

वडाध्यक्ष सुशीलकुमार पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियोे । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि पोखरेलले महिला एकताबद्ध भएमात्रै समाज परिवर्तन हुन सक्ने बताउनुभयो ।

ठूलो कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने उहाँले बताउनुभयो । नगरप्रमुख पोखरेलले अहिले संघीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव ५ र पालिकामा ४१ दशमलव १ प्रतिशत महिला जनप्रतिनिधि रहेको एवम् निजामती सेवामा हाल करिब २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति रहेको बताउनुभएको थियोे ।

सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजारभन्दा बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । त्यही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा भएको उहाँले बताउनुभयो ।

यता, वडाध्यक्ष पोखरेलले समाजमा रहेका खराब अभ्यास एवम् प्रथाका कारण किशोरी तथा बालिकामाथि हिंसा नरोकिएको बताउनुभएको थियोे । उहाँले महिला तथा बालिकामाथि शारीरिक–मानसिक हिंसाका घटना हुने कुप्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहेकोे बताउनुभएको थियोे ।

शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक रहेकोे बताउनुभएको थियोे । उहाँले नारी र पुरुष एक भएर मात्रै समाजलाई रुपान्तरण गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा विभिन्न प्रतियोगितात्म रचना, गायन, नृत्य, संगीनि, भजन–कीर्तन लगायत समेत प्रस्तुत गरिएको थियोे । महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडा, कृषि शाखा प्रमुख समिता सोती, वडाका ९ वटै टोलका संयोजक, वडाका सबै महिला समूह, विद्यालयका प्रतिनिधि, वडाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बाल क्लब, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेकोे कार्यक्रममा प्रजापति सामुदायिक वनका अध्यक्ष मातृका पोखरेल, नेपाली कांग्रेस वडा सभापति मनोज बस्नेत, पूर्व जनप्रतिनिधि देवीप्रसाद अधिकारी, टोल संयोजक प्रेमप्रसाद अधिकारी, सुरुङ्गा जेसीजकी पूर्व अध्यक्ष सरला दाहाल पोखरेल लगायतले महिलाहरुको हक अधिकारबारेमा चर्चा गर्नुभएको थियोे ।

वडाका सबै जनप्रतिनिधि तथा कर्मचारी सहभागी रहेको कार्यक्रमको स्वागत तथा औचित्यमाथि प्रकाश वडा अध्यक्ष पोखरेलले गर्नुभएको थियोे भने सञ्चालन वडा सदस्य निर्मला खड्काले गर्नुभएको थियोे ।

कनकाई–२ मा सम्मान तथा पुरस्कार
कनकाई वडा नं. २ मा महिलालाई सम्मान तथा पुरस्कृत एवम् सांस्कृतिक कार्यक्रम गरी महिला दिवस मनाइएको छ । कार्यपालिका सदस्य तथा कार्यक्रम संयोजक नरदेवी मगर (निसा)को सभापतित्वमा भएको कार्यक्रममा सोही वडाकी पूर्वजनप्रतिनिधि उर्मिला चापागाईंको प्रमुख आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा महेश्वरी गिरी, पदमकुमारी श्रेष्ठ, खगीमाया दर्जी, साहिली किस्कु, फुलमती राई र अञ्जु कठेतलाई सम्मान तथा पुरस्कृत गरिएको थियोे ।

कार्यक्रममा वडाका सबै टोलका संयोजक तथा प्रतिनिधि, वडाका सबै महिला समूह, विद्यालयका प्रतिनिधि, वडाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बाल क्लब, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेकोे कार्यक्रममा प्रमुख अतिथि चापागाईं, जामुनबारी सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष रेनुका खवास, पूर्व जनप्रतिनिधि शोभा भण्डारी, टोल संयोजक मुना अधिकारी लगायतले महिलाको हक अधिकार बारेमा चर्चा गर्नुभएको थियोे ।

कार्यक्रममा वडाध्यक्ष बलराम राई (प्रताप)ले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताउनुभयो । उहाँले आफ्नो छोरी रानी र अरुको छोरी नोकरानी जस्तो व्यवहार कसैले गर्न नहुने बताउनुभयो । पुरुष र महिलामा कानूनी रुपमा कुने विभेद नभए पनि व्यावहारिक रुपमा अझै कायम रहेको जिकिर गर्नुभयो । उहाँले सबैले एकजुट भएर महिलाका हक, अधिकारका लागि काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको स्वागत वडा सदस्य राधिका सेञ्चुरीले गर्नुभएको थियो भने भने सञ्चालन महिला समूहकी अध्यक्ष तथा सचिवद्वय चन्द्रा बुढाथोकी र मुना बोहराले गर्नुभएको थियोे ।

महिलाले अझै समान हक अधिकार पाएका छैनन् : उपप्रमुख शर्मा
कनकाई वडा नं. ३ ले समेत विविध कार्यक्रमका साथ महिला दिवस मनाएको छ । वडा नं. ३ मा कार्यपालिका सदस्य तथा कार्यक्रम संयोजक कृष्णमाया भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख आशा शर्मा शिवकोटीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा एकल महिला विष्णुमाया बजगाईं, मजदुर दुर्गादेवी राई, सेवानिवृत्त स्वास्थ्य स्वयम्सेविका चन्द्रादेवी राई, ज्येष्ठ माता इश्वरा उप्रेती र मात्रिकादेवी निरौलालाई सम्मान गरिएको थियो ।

नारी दिवस लक्षित सांस्कृतिक कार्यक्रम, नृत्यु, नायन, कविता तथा लेख–रचना वाचन भएको कार्यक्रममा स्वागत कर्मचारी रञ्जिता कट्टेलले गर्नुभएको थियो भने कार्यक्रमको औचित्यमाथि शिक्षासेवी चम्पादेवी खनाल सुवेदी प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख शिवकोटीले रचनात्मक तरिकाबाट नेपालमा नारी दिवस मनाउन थालिए पनि अझै पनि महिलाले समान हक अधिकार नपाएको बताउनुभयो । वडाध्यक्ष युवराज चौलागाईं महिला हक अधिकारका बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन कर्मचारी टीका दवाडीले गर्नुभएको थियो ।

अग्रज महिलालाई सम्मान
कनकाई वडा नं. ४ मा विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ ।
कार्यक्रममा अग्रज महिलाहरु गोमादेवी पोखरेल, हरिमाया मैनाली, चन्द्रमाया राई, देवीमाया दाहाल, गीता सुजी, सुमित्रा नेपाल र राधादेवी कोइरालालाई सम्मान गरिएको थियो ।
वडाध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद अम्बिका राजवंशीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री हिराकुमार थापा, समाजसेवी राजेन्द्र डाँगी लगायतले महिला हकहितका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा औचित्यमाथि प्रकाश वडाध्यक्ष सुवेदी, स्वागत कर्मचारी समीक्षा खतिवडा र सञ्चालन वडा सदस्य लक्ष्मी कटुवाल कार्कीले गर्नुभएको थियो ।

श्रमिक महिलासहित तीन सम्मानित
कनकाई वडा नं. ५ मा कृष्णबहादुर राईको अध्यक्षता र नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा विविध कार्यक्रम गरी नारी दिवस मनाइएको छ ।

कार्यक्रममा पूर्वजनप्रतिनिधि जमुनादेवी शिवाकोटी, सेवानिवृत्त स्वास्थ्य स्वयम्सेविका हिमादेवी ढुंगेल र श्रमिक महिला टीकामाया दर्जीलाई सम्मान गरिएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य सावित्रादेवी बर्देवाले औचित्यमाथि प्रकाश, स्वागत वडा सदस्य इन्दिरा अधिकारी र सञ्चालन कर्मचारी निर्मला बाँस्कोटाले गर्नुभएको थियो ।

‘ज्येष्ठ माताबाट प्राप्त संस्कार र ज्ञानलाई सम्मान जरुरी’
कनकाई वडा नं. ७ मा समेत विविध कार्यक्रमका साथ नारी दिवस मनाइएको छ ।
वडाकी १०७ वर्षीय ज्येष्ठ माता मनमाया खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य सुशीला कन्दङ्वा रहनुभएको थियो । कार्यक्रममा ज्येष्ठ माता खड्का र सावित्रादेवी पोखरेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत वडा सचिव तुलसा थापाले गर्नुभएको थियो भने सञ्चालन वडा सदस्य अरुणा सुब्बाले गर्नुभएको थियो । वडाध्यक्ष भीष्मभूषण सिटौलाले ज्येष्ठ माताहरुबाट प्राप्त संस्कार र ज्ञानलाई सम्मान गर्नुपर्नेमा जोडदिनुहुँदै कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो ।

एक सय बढीको स्वास्थ्य परीक्षण
वडा नं. ८ ले नारी दिवसको अवसरमा स्वास्थ्य शिविर आयोजना गरेको छ ।

नोबेल शिक्षण अस्पताल विराटनगरको चिकित्सकको टोलीले महिला तथा अन्य रोगसम्बन्धी रोगको परीक्षण गरेको वडाध्यक्ष लीलाबहादुर कटुवालले जानकारी दिनुभयो । एक सय जनाभन्दा बढीले सेवा लिएको स्वास्थ्य शिविरमा जटिल प्रकृतिका बिरामीलाई निःशुल्क उपचार गर्ने गरी नोबेल अस्पताल रेफर गरिएको जनाइएको छ ।

विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तीकरण अभिबृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसको लक्ष्य समेत रहेको छ ।

नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति नै लिएको छ ।

The post कनकाईमा महिला दिवस : ज्येष्ठ मातालाई सम्मान, निःशुल्क स्वास्थ्य परीक्षण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register