दोलखा प्रहरी प्रमुख खड्काको सम्मान

दोलखा।  जिल्ला प्रहरी कार्यालय दोलखामा प्रहरी प्रमुखको रुपमा रहेका  प्रहरी उपरीक्षक (तत्कालिन प्रहरी नायव उपरीक्षक) युवराज खड्कालाई गौरीशङ्कर सामुदायिक पुस्तकालय, सातदोबाटो– चरिघ्याङ टोल सुधार समिति लगायतका संघ– संंस्थाले सम्मानसहित बिदाइ गरेको छ ।  सातदोबाटो– चरिघ्याङ टोल सुधार समितिले आयोजना गरेको सम्मान तथा फेरि भेटौला कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले दोलखा प्रहरी प्रमुखको रुपमा […]

Feb 1, 2025 - 13:09
 0
दोलखा प्रहरी प्रमुख खड्काको सम्मान

दोलखा। 

जिल्ला प्रहरी कार्यालय दोलखामा प्रहरी प्रमुखको रुपमा रहेका  प्रहरी उपरीक्षक (तत्कालिन प्रहरी नायव उपरीक्षक) युवराज खड्कालाई गौरीशङ्कर सामुदायिक पुस्तकालय, सातदोबाटो– चरिघ्याङ टोल सुधार समिति लगायतका संघ– संंस्थाले सम्मानसहित बिदाइ गरेको छ । 

सातदोबाटो– चरिघ्याङ टोल सुधार समितिले आयोजना गरेको सम्मान तथा फेरि भेटौला कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले दोलखा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक युवराज खड्काको भूमिका जिल्लाको समग्र विकासमा महत्वपूूर्ण रहेको बताए । 

दोलखा रहेकै अवस्थामा प्रहरी प्रमुख खड्का प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा पदोन्नती हुनुभएको भन्दै नगरप्रमुख मानन्धरले उनलाई बधाई ज्ञापन गर्दै थप प्रगतिको कामना गरे  ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै  प्रहरी उपरीक्षक युवराज खड्काले आफूले दोलखामा रहेर कानुुनको पालना गर्दै शान्ति सुरक्षा कायम गर्ने तथा नागरिक अधिकार बहालमा सहज गर्ने प्रहरीको जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै  त्यसको लागि साथ दिने दोलखाका राजनीतिक दल, पत्रकार, नागरिक समाज र आम नागरिकलाई धन्यवाद ज्ञापन गरे ।

सातदोबाटो– चरिघ्याङ टोल सुुधार समितिका अध्यक्ष दावा लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिव सुजन काफ्ले लगायतले शुभकामना व्यक्त गरेका थिए ।

पुस्तकालयको सम्मान

गौरीशङ्कर सामुदायिक पुस्तकालय लगायतका संघ– संस्थाले आयोजना गरेको सम्मान तथा बिदाइ कार्यक्रममा नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष एवम् गौरीशङ्कर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण वस्नेतले जिल्लाको शान्ति– सुरक्षा लगायत समग्र गतिविधिमा प्रहरी उपरीक्षक युवराज खड्काले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोले सम्मान गरिएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूूर्व अध्यक्ष उद्धव पोखरेल, दीपशङ्कर चौलागाई, रेडियो भीमेश्वरको स्टेशन मेनेजर गोकर्ण भण्डारी, असल शासन समन्वय समितिका अध्यक्ष दिपक वस्नेत, नेकपा एमालेका उपसचिव हरि ओली, नेपाल दरुण दलका केन्द्रीय सदस्य भीम खड्का, पुस्तकालयका उपाध्यक्ष ज्येष्ठ नागरिक रामदास श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register