एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण, कति विद्यार्थीले ल्याए ४ जीपीए ?

झापा, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक भएको छ । यस पटक एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत आज साँझ २०८१ सालको एसइईको नतिजाबारे जानकारी दिनुभयो । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ [...] The post एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण, कति विद्यार्थीले ल्याए ४ जीपीए ? appeared first on Jhapa Online.

Jun 27, 2025 - 15:42
 0
एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण, कति विद्यार्थीले ल्याए ४ जीपीए ?

झापा, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक भएको छ । यस पटक एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत आज साँझ २०८१ सालको एसइईको नतिजाबारे जानकारी दिनुभयो ।

गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

सार्वजनिक गरिएको नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० जिपिए ल्याएका छन् । ८१ हजार ३८५ जनाले ३.२ देखि ३.६ जिपिए, ८९ हजार १२४ जनाले २.८ देखि ३.२ जिपिए, ४८ हजार ४७९ जनाले २.४ जिपिए देखि २.८ जिपिए, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना विद्यार्थी वर्गीकृत भएका छन् ।

१२६ जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए । १ लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गीकृत भएको छ ।

The post एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण, कति विद्यार्थीले ल्याए ४ जीपीए ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register