फेरि बढ्यो अण्डाको मूल्य, बढेको मूल्य २२ गतेदेखि लागू हुने ! 

काठमाडौँ । अण्डाको मूल्य फेरि बढ्ने भएको छ । खपत बढेसँगै मंगलबार (माघ २२ गते) देखि कुखुराको अण्डाको मूल्य बढ्ने भएको हो ।  बजारमा अण्डाको मूल्य बढाउने निर्णय भएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेलले बताएका छन् । पछिल्लो केही महिनायता बजारमा कुखुराको अण्डाको खपत ह्वात्तै बढेपछि अण्डा उत्पादकहरुको बैठकले मूल्य बढाउने निर्णय गरेको […]

Feb 3, 2025 - 10:51
 0
फेरि बढ्यो अण्डाको मूल्य, बढेको मूल्य २२ गतेदेखि लागू हुने ! 

काठमाडौँ । अण्डाको मूल्य फेरि बढ्ने भएको छ । खपत बढेसँगै मंगलबार (माघ २२ गते) देखि कुखुराको अण्डाको मूल्य बढ्ने भएको हो । 

बजारमा अण्डाको मूल्य बढाउने निर्णय भएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेलले बताएका छन् । पछिल्लो केही महिनायता बजारमा कुखुराको अण्डाको खपत ह्वात्तै बढेपछि अण्डा उत्पादकहरुको बैठकले मूल्य बढाउने निर्णय गरेको पोखरेलले बताएका छन् । बढेको मूल्य मंगलबारदेखि लागू हुनेछ  ।

पोखरेलका अनुसार अब अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँदेखि अधिकतम ३० रुपैयाँका दरले बढ्नेछ । हाल ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स-एल अण्डा तीन सय ८५ रुपैयाँ रहे पनि भोलिदेखि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स-एल अण्डा चार सय १५ रुपैयाँ पर्ने भएको छ । 

यो किसानले पाउने मूल्य हो । किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढ्ने छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register