माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । जसअनुसार कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई इन्चार्ज तोकिएको छ । मधेसको जिम्मेवारी उपमहासचिव मातृका यादवलाई दिइएको छ । बागमतीमा सचिव हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् । यस्तै, […]

Feb 3, 2025 - 10:57
 0
माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

जसअनुसार कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई इन्चार्ज तोकिएको छ ।

मधेसको जिम्मेवारी उपमहासचिव मातृका यादवलाई दिइएको छ । बागमतीमा सचिव हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

यस्तै, गण्डकीमा सचिव दीनानाथ शर्मालाई नै यथावत् राखिएको छ । यस्तै, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णालीमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जमा तोकिएका छन् ।

सचिव लिलामणि पोखरेललाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्माले जिम्मेवारी पाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register