चीनले अमेरिकासँग लियो बदला, १० प्रतिशत कर लगाउने घोषणा

काठमाडौं । चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेको छ । अमेरिकाले चिनियाँ सामान थप १० प्रतिशत कर लगाउने निर्णयको बदलास्वरुप चीनले पनि कर लगाउने घोषणा गरेको हो । चीनले अमेरिकाबाट आयात हुने ठूला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीमा कर लगाएको बीबीसीले जनाएको छ । […]

Feb 4, 2025 - 06:30
 0
चीनले अमेरिकासँग लियो बदला, १० प्रतिशत कर लगाउने घोषणा

काठमाडौं । चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

अमेरिकाले चिनियाँ सामान थप १० प्रतिशत कर लगाउने निर्णयको बदलास्वरुप चीनले पनि कर लगाउने घोषणा गरेको हो ।

चीनले अमेरिकाबाट आयात हुने ठूला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीमा कर लगाएको बीबीसीले जनाएको छ ।

यसअघि अमरेकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत भन्सार शुल्क लिने निर्णय गरेको थियो ।

यसको जवाफमा चीनले पनि अमेरिकाविरुद्ध त्यति नै भन्सार महुसल तोकेको बीबीसीले जनाएको छ ।

अमेरिकाले मेक्सिको र क्यानडाविरुद्ध तोकेका २५/२५ प्रतिशत कर लागू गर्ने निर्णय भने ३० दिनका लागि स्थगन गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register