गगन थापाविरुद्धको मुद्दा न्यायाधीशद्वय मल्ल र पाण्डेयको इजलासमा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा तोकिएको छ । मुद्दा इजलासको पहिलो नम्बरमा छ । अनन्तराज लुईंटेलले थापाविरुद्ध गत आइतबार अवहेलना मुद्दा दर्ता गराएका थिए । थापाले गत बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा सर्वोच्च अदालतले ‘डिल गरिरहेको छ, हान्दिऊँ हान्दिऊँ भनिरहेको […]

Apr 29, 2025 - 06:54
 0
गगन थापाविरुद्धको मुद्दा न्यायाधीशद्वय मल्ल र पाण्डेयको इजलासमा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा तोकिएको छ ।

मुद्दा इजलासको पहिलो नम्बरमा छ । अनन्तराज लुईंटेलले थापाविरुद्ध गत आइतबार अवहेलना मुद्दा दर्ता गराएका थिए ।

थापाले गत बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा सर्वोच्च अदालतले ‘डिल गरिरहेको छ, हान्दिऊँ हान्दिऊँ भनिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उनको सो अभिव्यक्ति स्वतन्त्र न्यायपालिकाको गरिमा र आस्थामा आघात पार्ने खालको रहेको भन्दै कारबाहीको मागसहित निवेदन पेस भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register