अमित झा स्मृति साहित्य सङ्गीत पुरस्कार स्वर्गीय गुरुदेव कामतलाई

जनकपुरधाम । अमित झा स्मृति साहित्य, सङ्गीत पुरस्कार स्वर्गीय गुरुदेव कामतलाई प्रदान गरिएको छ । बिहीबार जनकपुरधाम साहित्य महोत्सवको ६औं संस्करणको पहिलो दिन कामतकी श्रीमती सगुनवतीदेवीले एक लाख पाँच हजार राशीको पुरस्कार ग्रहण गरेकी छन् । मुख्यमन्त्री सतिशकुमार सिंह र अमितको बुवा रामनारायण झाले पुरस्कार हस्तान्तरण गरेका हुन् । भारतबाट सङ्गीतमा स्नात्तक गरेका कामतले गत […]

Feb 6, 2025 - 11:54
 0
अमित झा स्मृति साहित्य सङ्गीत पुरस्कार स्वर्गीय गुरुदेव कामतलाई

जनकपुरधाम । अमित झा स्मृति साहित्य, सङ्गीत पुरस्कार स्वर्गीय गुरुदेव कामतलाई प्रदान गरिएको छ ।

बिहीबार जनकपुरधाम साहित्य महोत्सवको ६औं संस्करणको पहिलो दिन कामतकी श्रीमती सगुनवतीदेवीले एक लाख पाँच हजार राशीको पुरस्कार ग्रहण गरेकी छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंह र अमितको बुवा रामनारायण झाले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

भारतबाट सङ्गीतमा स्नात्तक गरेका कामतले गत साउनमा मृत्युवरण गरेका थिए । प्रबल जनसेवा श्रीलगायत पुरस्कारबाट समेत सम्मानित भइसकेका कामतले राज्यबाट विशेष सहयोग पाएका थिएनन् ।

त्यस्तै, अर्का सङ्गीतकार अशोक दत्तलाई समेत ५१ हजार रुपैया आर्थिक सहयोग गरिएको छ । सङ्गीत क्षेत्रमा उल्लेखनीय योगदान दिएका उनी क्यान्सर रोगबाट ग्रसित छन् ।

नव मिथिला फाउण्डेशनको आयोजनामा आजदेखि तीन दिवसीय जनकपुरधाम साहित्य महोत्सवको ६औं संस्करण सुरु भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register