युवतीसँगै होटलमा बसेका युवकको मृत्यु, दुई जना पक्राउ

काठमाडौं । झापाको एक होटलमा युवा मृत अवस्थामा फेला परेका छन् । बिर्तामोडस्थित एभरेष्ट होटल एण्ड लजमा बसेका हल्दिबारी गाउँपालिका–१ गोलधाप घर भएका ३० वर्षीय सागर बेस्रा मृत भेटिएका हुन् । घटनामा युवासँगै बसेकी सुनसरीको धरान उपमहानगरपालिका–१५ की २३ वर्षीया मुना विक र होटेल सञ्चालक बिर्तामोड–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

Feb 7, 2025 - 06:09
 0
युवतीसँगै होटलमा बसेका युवकको मृत्यु, दुई जना पक्राउ

काठमाडौं । झापाको एक होटलमा युवा मृत अवस्थामा फेला परेका छन् ।

बिर्तामोडस्थित एभरेष्ट होटल एण्ड लजमा बसेका हल्दिबारी गाउँपालिका–१ गोलधाप घर भएका ३० वर्षीय सागर बेस्रा मृत भेटिएका हुन् ।

घटनामा युवासँगै बसेकी सुनसरीको धरान उपमहानगरपालिका–१५ की २३ वर्षीया मुना विक र होटेल सञ्चालक बिर्तामोड–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएराति खाना खाएर उनीहरु सँगै सुतेका थिए । मुनाले प्रहरीमा दिएको बयानअनुसार सागर राति कोठाभित्र बाथरुमको ढोकाको छेउमा लडेर बेहोस भएका थिए ।

त्यसपछि उनलाई युवती र होटल सञ्चालक महिलाले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । चिकित्सकले जाँच गर्दा उनको पहिल्यै मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ ।

ती युवती र होटल सञ्चालकको बयानमा शङ्का लागेकोले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register