प्रेस चौतारीको अध्यक्षमा पाण्डे चयन

विराटनगर । प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय अधिवेशनले अध्यक्ष पदमा गणेश पाण्डेसहित ९९ सदस्यीय कार्य समिति चयन गरेको छ । प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष एवं अध्यक्ष मण्डलका सदस्य गणेश बस्नेतका अनुसार उपाध्यक्षमा चेतन अधिकारी र महिला उपाध्यक्षमा कृपा भण्डारी, महासचिवमा हीरामान लामा, उपमहासचिवमा हरिवल्लभ नेपाल, सचिवमा विक्रम लुइँटेल, प्रदीप आचार्य, नरेश भण्डारी र विष्णु […]

Mar 25, 2025 - 00:11
 0
प्रेस चौतारीको अध्यक्षमा पाण्डे चयन

विराटनगर । प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय अधिवेशनले अध्यक्ष पदमा गणेश पाण्डेसहित ९९ सदस्यीय कार्य समिति चयन गरेको छ ।

प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष एवं अध्यक्ष मण्डलका सदस्य गणेश बस्नेतका अनुसार उपाध्यक्षमा चेतन अधिकारी र महिला उपाध्यक्षमा कृपा भण्डारी, महासचिवमा हीरामान लामा, उपमहासचिवमा हरिवल्लभ नेपाल, सचिवमा विक्रम लुइँटेल, प्रदीप आचार्य, नरेश भण्डारी र विष्णु तारुके निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनले लेखा आयोग, अनुशासन आयोग, नीति तथा प्रशिक्षण आयोग र निर्वाचन आयोगका संयोजक पनि निर्विरोध निर्वाचित गरेको नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले जानकारी दिए ।

उनका अनुसार अधिवेशनमा १०९ मनोनीतसहित ९२३ जना प्रतिनिधिहरुको सहाभागिता रहेको थियो ।

नेकपा एमालेनिकट प्रेस चौतारीमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन नगरिएको भन्दै एउटा पक्ष भने असन्तुष्ट बनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register