सभामुखलाई भेटेपछि रविले भने : निलम्बन फुकुवा हुनेमा आशावादी छु
काठमाडौं । सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा हुनेमा आफू आशावादी रहेको बताएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई मङ्गलबार बिहान भेटेपछि उनले यस्तो आशा व्यक्त गरेका हुन् । ‘यस विषयमा दलहरूसँग छलफल गरियोस् भन्ने कुरा मैले सभामुखसमक्ष राखेको छु । यसले राजनीतिक हतियार बनेर भोलि प्रतिशोधको रुप लिन्छ भन्ने सभामुखले महसुस गरेको […]

काठमाडौं । सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा हुनेमा आफू आशावादी रहेको बताएका छन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई मङ्गलबार बिहान भेटेपछि उनले यस्तो आशा व्यक्त गरेका हुन् ।
‘यस विषयमा दलहरूसँग छलफल गरियोस् भन्ने कुरा मैले सभामुखसमक्ष राखेको छु । यसले राजनीतिक हतियार बनेर भोलि प्रतिशोधको रुप लिन्छ भन्ने सभामुखले महसुस गरेको पाएको छु,’ बैठकपछि उनले भने ।
लामिछानेले सरकारले आफूमाथि राजनीतिक प्रतिशोध साँधेको दाबी दोहोर्याए ।
‘मलाई एकैदिन चारवटा मुद्दा लगाइयो । मुद्दा कहाँ–कहाँ लगाउलान् भनेर कुरिरहेको थिएँ, त्यही भएर अलिक दिन राजनीतिमा निष्क्रिय भएँ । अहिले सरकार नाङ्गो भइसक्यो । यो किसिकमको प्रतिशोध लोकतन्त्रमा सुहाउँदैन,’ उनले थपे ।
निलम्बनको प्रकरण सकेसम्म मिलाउने कोसिस गर्ने नभए अन्तिम विकल्पको रुपमा अदालत जाने उनले बताए ।
सभापति लामिछानेको सांसद पद यतिबेला निलम्बनमा छ । कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि उनको सांसद पद पुस ७ गतेदेखि स्वतः निलम्बनमा परेको थियो ।
What's Your Reaction?






