फक्ताङलुङ महोत्सव–२०८१ को तयारी अन्तिम चरणमा, सांसद एलपी सावाले उद्घाटन गर्ने

चन्द्र बस्नेतकनकाई, ६ फागुन । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा फक्ताङलुङ महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पूरा भएको छ । कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसनको प्राङ्गणमा फागुन ७ गते आयोजना हुने फक्ताङलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेशनका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो । विद्यालयको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजना हुन [...] The post फक्ताङलुङ महोत्सव–२०८१ को तयारी अन्तिम चरणमा, सांसद एलपी सावाले उद्घाटन गर्ने appeared first on Jhapa Online.

Feb 17, 2025 - 06:13
 0
फक्ताङलुङ महोत्सव–२०८१ को तयारी अन्तिम चरणमा, सांसद एलपी सावाले उद्घाटन गर्ने

चन्द्र बस्नेत
कनकाई, ६ फागुन ।
झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा फक्ताङलुङ महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पूरा भएको छ ।

कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसनको प्राङ्गणमा फागुन ७ गते आयोजना हुने फक्ताङलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेशनका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो ।

विद्यालयको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजना हुन लागेको महोत्सवको उद्घाटन झापा क्षेत्र नं. ४ का सांसद एलपी सावा लिम्बू गर्ने उहाँले बताउनुभयो । सँगै कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको विशेष आतिथ्य रहने उहाँले बताउनुभयो ।

महोत्सवमा झापाका विभिन्न विद्यालयका सञ्चालक, शिक्षक तथा विद्यार्थी प्रतिनिधि, अविभावक, जनप्रतिनिधि, शिक्षासेवी लगायत २ हजारभन्दा बढीको सहभागिता रहने जनाइएको छ ।

महोत्सवमा प्राचिन घरेलु सामग्रीको प्रदर्शनी तथा फक्ताङलुङ म्युजियमको उद्घाटन, विज्ञान तथा रोबर्टिस प्रदर्शनी, विभिन्न पौराणिक तथा सांस्कृतिक सामग्रीको बिक्री तथा प्रदर्शनी, चित्रकलाको प्रदर्शनी, विद्यार्थीले नै उत्पादन गरेका कृषि सामग्रीको प्रदर्शनी र विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम हुनेछ ।

फाउण्डेशनमा नर्सरीदेखि कक्षा–१० सम्म अध्यापन हुँदै आएको छ । विद्यालयमा न्युनतम शुल्क, शान्त वातावरणमा सर्वसुलभ यातायात, गुणस्तरीय शिक्षा हासिल गर्न सकिने भएकाले पनि विद्यार्थी तथा अविभावकको आकर्षण बढेको पाइएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङले बताउनुभयो । बालबालिकाहरू भविष्यका कर्णधार हुन भन्दै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकता राखिएको र त्यही अनुसार विद्यालयले शिक्षण सिकाइ गरिरहेको उहाँले बताउनुभयो ।

२०६६ सालमा अध्यापन शुरु गरेको विद्यालयमा हाल ४ सय ५० बढी विद्यार्थी र ३० शिक्षक–कर्मचारी रहेका छन् । विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालयस्तरीय भएका प्रतियोगिता अन्तर्गत धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

अन्तराष्टिय अवार्ड समेत प्राप्त गरेको विद्यालयमा हरेक साताको बिहीबार इसिए अन्तर्गत किताबमा पढाइएका ज्ञानलाई प्रयोगात्मक स्वरुप कला, संस्कृतिको जगेर्ना, नृत्य, गायन, नाटकका साथै विद्यार्थीको रोजाइ अनुसारको सिकाइ सिकाउने गरेको छ ।

The post फक्ताङलुङ महोत्सव–२०८१ को तयारी अन्तिम चरणमा, सांसद एलपी सावाले उद्घाटन गर्ने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register