झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित चार कारोबारी पक्राउ

सन्तोष शर्माभद्रपुर, ११ असार । झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित चार जना कारोबारीलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ । लागुऔषध कारोबारीलाई पक्राउ गरेसँगै जिल्ला प्रहरी कार्यालय झापामा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । आज दिउँसो भद्रपुर नगरपालिका–७ बाट नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय सजिन लामा, ३३ [...] The post झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित चार कारोबारी पक्राउ appeared first on Jhapa Online.

Jun 25, 2025 - 14:32
 0
झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित चार कारोबारी पक्राउ

सन्तोष शर्मा
भद्रपुर, ११ असार ।
झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित चार जना कारोबारीलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ ।

लागुऔषध कारोबारीलाई पक्राउ गरेसँगै जिल्ला प्रहरी कार्यालय झापामा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । आज दिउँसो भद्रपुर नगरपालिका–७ बाट नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दिपेश लामा र बेलकोटगढी–११ का २३ वर्षीय राम तामाङलाई दुई ग्राम ३९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

भद्रपुर–७ स्थित आनिमार्गमा बाग्मति प्रदेश ०१–०३–च ०८७७ नं. को कारलाई रोकेर चेकजाँच गर्दा उनीहरुले लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध फेला परेको थियो । उनीहरुलाई आजै जिल्ला अदालत झापामा उपस्थित गराएर सात म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता खड्काले बताउनुभयो ।

यसअघि गत असार ७ गते भद्रपुर–५ स्थित भन्सार चोकबाट दुई जनालाई प्रहरी ब्राउनसुगरसहित पक्राउ गरेको थियो ।

बा.प्र. ०१–०३० च ७७९३ नं. को नेटा इभीमा लागुऔषध ब्राउनसुगर ४७ ग्राम ६९० मिलिग्राम ल्याउँदै गरेको अवस्थामा काठमाडौं–२६ का २४ वर्षीय निवेश कुंवेर र लम्जुङ कोलासोतार–७ की २२ वर्षीया नोजिना रानालाई कारसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, बैशाख ३१ गते झापाको गौरीगञ्ज गाउँपालिका–३ स्थित गौरीगञ्ज बजारबाट लागुऔषध कारोबारमा सम्लग्न दमकका भुपेन्द्र राई, भारतका भोला ठाकुर, मोनाजिर आलमलाई १०० ग्राम ०९० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको थियो । सो अवैध कार्यमा सम्लग्न ना.१ च.९१६२ नम्बरको कार र एक वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको थियो ।

The post झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित चार कारोबारी पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register