प्रतिबन्धित औषधीसहित एक जना पक्राउ

सुनसरी, ११ असार । सुनसरीको धरान उप–महानगरपालिका–५ देउरालीबाट प्रतिबन्धित तथा नियन्त्रित औषधि ८ हजार ८ सय ७६ क्याप्सुल र ८ हजार ५ सय १७ ट्याव्लेटसहित १ जना पक्राउ परेका छन । असार १० गते राती लागू औषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–५ झर्नाचोक स्थितमा डेरा [...] The post प्रतिबन्धित औषधीसहित एक जना पक्राउ appeared first on Jhapa Online.

Jun 25, 2025 - 10:31
 0
प्रतिबन्धित औषधीसहित एक जना पक्राउ

सुनसरी, ११ असार । सुनसरीको धरान उप–महानगरपालिका–५ देउरालीबाट प्रतिबन्धित तथा नियन्त्रित औषधि ८ हजार ८ सय ७६ क्याप्सुल र ८ हजार ५ सय १७ ट्याव्लेटसहित १ जना पक्राउ परेका छन ।

असार १० गते राती लागू औषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–५ झर्नाचोक स्थितमा डेरा गरी बस्दै आएका मुन्सन राईको कोठा खानतलासी गर्दा जेब्रा झोलामा लुकाई छिपाई राखेको ट्रामाडोल–८ हजार ८ सय ७६ क्याप्सुल, मेफेनिक स्पास–७ हजार ८ सय ९० ट्याब्लेट, नाइट्रेजेपाम २० ट्याब्लेट, स्पारेट २ सय ९५ ट्याब्लेट र कोलिवन ३ सय १२ ट्याब्लेट बरामद गरेको हो । प्रतिबन्धित र नियन्त्रित औषधीसहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

The post प्रतिबन्धित औषधीसहित एक जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register