सेयर बजारमा झन्डै ३० अङ्कको वृद्धि, परिसूचक २७ सयको विन्दुमा 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २९ दशमलव ८७ अङ्कले बढेर २७२७ दशमलव ९१ को विन्दुमा पुगेको छ । सोमबार ३०२ कम्पनीका १ लाख २ हजार ८६१ पटकको कारोबारमा एक करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Feb 17, 2025 - 09:54
 0
सेयर बजारमा झन्डै ३० अङ्कको वृद्धि, परिसूचक २७ सयको विन्दुमा 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २९ दशमलव ८७ अङ्कले बढेर २७२७ दशमलव ९१ को विन्दुमा पुगेको छ ।

सोमबार ३०२ कम्पनीका १ लाख २ हजार ८६१ पटकको कारोबारमा एक करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

१६६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ३ वटा घट्दा बाँकीमा हरियाली छाएको छ । आज ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने नेपाल रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register