ओडिसा घटनाको विरोधमा अखिल समाजवादीको प्रदर्शन

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा घटेको घटनाको विरोधमा नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी) ले प्रदर्शन गरेको छ । ओडिसास्थित केआईआईटी कलेजमा भएको नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र उनको न्यायका लागि संघर्षरत नेपाली विद्यार्थीमाथि कलेज प्रशासनले गरेको दमन, दुर्व्यवहार र निस्कासनको विरोधमा अखिल (समाजवादी) केन्द्रीय समितिले विरोध प्रदर्शन […]

Feb 19, 2025 - 12:19
 0
ओडिसा घटनाको विरोधमा अखिल समाजवादीको प्रदर्शन

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा घटेको घटनाको विरोधमा नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी) ले प्रदर्शन गरेको छ ।

ओडिसास्थित केआईआईटी कलेजमा भएको नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र उनको न्यायका लागि संघर्षरत नेपाली विद्यार्थीमाथि कलेज प्रशासनले गरेको दमन, दुर्व्यवहार र निस्कासनको विरोधमा अखिल (समाजवादी) केन्द्रीय समितिले विरोध प्रदर्शन गरेको हो ।

उक्त विरोध प्रदर्शनमा अखिल (समाजवादी) ले घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारबाही तथा न्यायको माग गरिरहेका नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कलेज प्रशासनका कर्मचारीलाई कडा कार्वाही गर्न र होस्टेलबाट अपमानजनक व्यवहार गर्दै निष्कासन गरिएका सम्पुर्ण नेपाली विद्यार्थीहरूलाई स-सम्मान होस्टेल फिर्ता गराई पठनपाठनमाको व्यवस्था गर्न माग गरेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register