राष्ट्रपति पौडेल र अजरबैजानका उपविदेशमन्त्रीबीच भेट, कोप–२९ मा सहभागिताबारे स्मरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकामा खुसी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताए । उनले कोप–२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध […]

May 2, 2025 - 08:52
 0
राष्ट्रपति पौडेल र अजरबैजानका उपविदेशमन्त्रीबीच भेट, कोप–२९ मा सहभागिताबारे स्मरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकामा खुसी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताए ।

उनले कोप–२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।

उपविदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउँदै ३० वर्षसम्म कुनै समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुनेगरी काम भइरहेको जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register