कुम्भ मेला : स्कारपियो दुर्घटना हुँदा चार नेपालीको मृत्यु

झापा, १० फागुन । भारतको युपि राज्य अन्तर्गत प्रयागराज (कुम्भ) स्नान गरेर फर्किँदै गर्दा स्कारपियो गाडी दुर्घटना हुँदा चार जना नेपालीको घटनास्थलमै मृत्यु भएको छ । शुक्रवार युपिको गोरखपुरमा विपरीत दिशाबाट गइरहेको ट्याक्टर र भक्तजन सवार स्कारपियो एक आपसमा ठोकिँदा सप्तरीको कञ्चनरूप नगरपालिका–७ का अन्दाजी ६३ वर्षीय पर्शुराम चौधरी, उपेन्द्रनारायण चौधरीकी अन्दाजी ६२ वर्षीया पत्नी [...] The post कुम्भ मेला : स्कारपियो दुर्घटना हुँदा चार नेपालीको मृत्यु appeared first on Jhapa Online.

Feb 22, 2025 - 09:00
 0
कुम्भ मेला : स्कारपियो दुर्घटना हुँदा चार नेपालीको मृत्यु

झापा, १० फागुन । भारतको युपि राज्य अन्तर्गत प्रयागराज (कुम्भ) स्नान गरेर फर्किँदै गर्दा स्कारपियो गाडी दुर्घटना हुँदा चार जना नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रवार युपिको गोरखपुरमा विपरीत दिशाबाट गइरहेको ट्याक्टर र भक्तजन सवार स्कारपियो एक आपसमा ठोकिँदा सप्तरीको कञ्चनरूप नगरपालिका–७ का अन्दाजी ६३ वर्षीय पर्शुराम चौधरी, उपेन्द्रनारायण चौधरीकी अन्दाजी ६२ वर्षीया पत्नी लिलावती देवी र कञ्चनरुप–५ की ५५ वर्षीया हरिहरदेवी यादव तथा सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादवको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

दुर्घटनामा कञ्चनरुप ७ का शिक्षक उपेन्द्रनारायण चौधरी, जितु यादव लगायत छ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई गोरखपुरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

The post कुम्भ मेला : स्कारपियो दुर्घटना हुँदा चार नेपालीको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register