कचनकवलको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा रेबिज खोप अभाव

झापा, ७ चैत । कचनकवल गाउँपालिका–२ स्थित बनियानी प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजविरुद्धको खोप अभाव भएको छ। मौज्दात सकिएपछि हाल सेवाग्राहीलाई ‘एन्टी रेबिज भ्याक्सिन’ उपलब्ध गराउन नसकिएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए। स्वास्थ्य केन्द्रले अहिलेसम्म स्वास्थ्य विभागको आपूर्ति व्यवस्था महाशाखा वा प्रदेश आपूर्ति केन्द्र, विराटनगरबाट खोप प्राप्त गर्दै आएको थियो। केही दिनअघि स्वास्थ्य केन्द्रका [...] The post कचनकवलको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा रेबिज खोप अभाव appeared first on Jhapa Online.

Mar 20, 2025 - 09:07
 0
कचनकवलको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा रेबिज खोप अभाव

झापा, ७ चैत । कचनकवल गाउँपालिका–२ स्थित बनियानी प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजविरुद्धको खोप अभाव भएको छ। मौज्दात सकिएपछि हाल सेवाग्राहीलाई ‘एन्टी रेबिज भ्याक्सिन’ उपलब्ध गराउन नसकिएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए।

स्वास्थ्य केन्द्रले अहिलेसम्म स्वास्थ्य विभागको आपूर्ति व्यवस्था महाशाखा वा प्रदेश आपूर्ति केन्द्र, विराटनगरबाट खोप प्राप्त गर्दै आएको थियो। केही दिनअघि स्वास्थ्य केन्द्रका कर्मचारी खोपका लागि प्रदेशमा खटिए पनि खाली हात फर्कनुपरेको यादवले बताए।

मासिक ४० जनालाई पुग्ने खोप प्राप्त गर्दै आएको स्वास्थ्य केन्द्रले करिब २० दिनदेखि सेवा दिन सकेको छैन। यादवका अनुसार आइतबारसम्म खोप उपलब्ध हुने सम्भावना भए पनि हाल प्रदेश आपूर्ति प्रणालीमै अभाव रहेकोले आपूर्ति सञ्चालन नहुञ्जेल सेवा दिन नसकिने बताइएको छ।

खोप अभावका कारण कुकुरले टोकेका बिरामीहरू चर्को मूल्य तिरेर निजी क्लिनिकमा गएर खोप लाउन बाध्य भएका छन्। स्वास्थ्य केन्द्रले खोप आपूर्तिका लागि सम्बन्धित निकायसँग पहल भइरहेको जनाएको छ।

The post कचनकवलको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा रेबिज खोप अभाव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register