दुई दिन थपियो बिर्तामोड महोत्सव, आज साँझ राष्ट्रिय कमल खत्रीको प्रस्तुति

झापा, २० माघ । बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सबको सयम थप गरिएको छ । गत माघ ८ गतेदेखि १९ गतेसम्मका लागि महोत्सव संचालन गरिएको भएपनि दुई दिनका लागि समय थप गरिएको हो । व्यवसाय प्रर्वद्धनसंगै सुस्ताएको बजारलाई चलायमान बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव आयोजना गरिएको हो । बिर्तामोड ५ स्थित धर्मकाटा रोडमा [...] The post दुई दिन थपियो बिर्तामोड महोत्सव, आज साँझ राष्ट्रिय कमल खत्रीको प्रस्तुति appeared first on Jhapa Online.

Feb 2, 2025 - 11:19
 0
दुई दिन थपियो बिर्तामोड महोत्सव, आज साँझ राष्ट्रिय कमल खत्रीको प्रस्तुति

झापा, २० माघ । बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सबको सयम थप गरिएको छ । गत माघ ८ गतेदेखि १९ गतेसम्मका लागि महोत्सव संचालन गरिएको भएपनि दुई दिनका लागि समय थप गरिएको हो । व्यवसाय प्रर्वद्धनसंगै सुस्ताएको बजारलाई चलायमान बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव आयोजना गरिएको हो ।

बिर्तामोड ५ स्थित धर्मकाटा रोडमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवको समय दुई दिन थप भएसंगै महोत्सव २१ गतेसम्म सञ्चालन हुने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो ।

अपरान्ह ४ वजेसम्म महोत्सव स्थल प्रवेशलाई निःशुल्क बनाइएको छ । रहेक दिन साँझ स्थानीय कलाकारको प्रस्तुति रहने गरेको छ भने रात्री कालिन समयमा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने गरेको छ । आज साँझ राष्ट्रिय कमल खत्रीको प्रस्तुति रहेको छ ।

The post दुई दिन थपियो बिर्तामोड महोत्सव, आज साँझ राष्ट्रिय कमल खत्रीको प्रस्तुति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register