एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जडान गरियो फ्लड लाइट

काठमाडौं । रुपन्देहीस्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिएको छ । पाँच वटै फ्लड लाइट जडान सम्पन्न भएको एक्स्ट्राटेक ओभल क्रिकेटका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए । यससँगै मैदान नेपाली क्रिकेटको विकास र विस्तारका दृष्टिकोणले अर्को ऐतिहासिक चरणमा प्रवेश गरेको प्रबन्ध निर्देशक कुँवरले बताए । अब लाइट टेस्टिङको काम सुरु गरिने छ । […]

Feb 24, 2025 - 08:28
 0
एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जडान गरियो फ्लड लाइट

काठमाडौं । रुपन्देहीस्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिएको छ ।

पाँच वटै फ्लड लाइट जडान सम्पन्न भएको एक्स्ट्राटेक ओभल क्रिकेटका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए ।

यससँगै मैदान नेपाली क्रिकेटको विकास र विस्तारका दृष्टिकोणले अर्को ऐतिहासिक चरणमा प्रवेश गरेको प्रबन्ध निर्देशक कुँवरले बताए । अब लाइट टेस्टिङको काम सुरु गरिने छ ।

तीन दिनअघि मात्र सुरक्षालाई ध्यानमा राखेर मैदान अवलोकनका लागि नआउन अनुरोध गरिएको थियो ।

फ्लड लाइटको जडान सकिएसँगै लागेमा मैदान अवलोकन गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री कप क्रिकेटको तयारी भैरहेकोले मैदानभित्र प्रवेश गर्न भने रोक लगाइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register