राजेन्द्रको नजरमा राजनीतिक दल : काङ्ग्रेस दलाल पुँजीवादी, एमाले र माओवादी अवसरवादी

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकार लामो समय नटिक्ने जिकिर गरेका छन् । पार्टीको केन्द्रीय समितिमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो बताएका हुन् । प्रतिवेदनमा उनले भनेका छन्, “चीनको सहयोगमा बनेको नेकपा लामो समय टिक्न नसकेको जस्तै – काङ्ग्रेस एमाले गठबन्धन पनि लामो समयसम्म टिक्ने सम्भावना कम छ ।” […]

Feb 24, 2025 - 09:40
 0
राजेन्द्रको नजरमा राजनीतिक दल : काङ्ग्रेस दलाल पुँजीवादी, एमाले र माओवादी अवसरवादी

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकार लामो समय नटिक्ने जिकिर गरेका छन् ।

पार्टीको केन्द्रीय समितिमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो बताएका हुन् । प्रतिवेदनमा उनले भनेका छन्, “चीनको सहयोगमा बनेको नेकपा लामो समय टिक्न नसकेको जस्तै – काङ्ग्रेस एमाले गठबन्धन पनि लामो समयसम्म टिक्ने सम्भावना कम छ ।”

उनले विगतदेखि हालसम्म सत्ता सञ्चालनका लागि बनेका सत्ता गठबन्धन मुलुकको संरचात्मक समस्या समाधानमा भन्दा सत्तामा टिकिरहन उद्दत रहेको महतोको आरोप छ । “नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीहरूले देशको संरचनात्मक समस्यालाई समाधान गर्नुभन्दा सत्तामा टिकिरहन र आर्थिक दोहनमा केन्द्रित छन्,” प्रतिवेदनमा उल्लेख छ ।

महतोका नजरमा कुन दल कस्ता ?

महतोले हाल विद्यमान राजनीतिक दलप्रति आफ्नो बुझाइ पनि प्रतिवेदनमार्फत सार्वजनिक गरेका छन् । उनले काङ्ग्रेस दक्षिणपन्थी ध्रुवमा खुम्चिएको भन्दै लोकतन्त्रलाई बृहत्तर बनाउन यसले नसक्ने बताएका छन् । काङ्ग्रेसले दलाल, नोकरशाही र पुँजीवादी चरित्र अँगालेको उनको भनाइ छ ।

प्रतिवेदनमा भनिएको छ, “अन्तर्राष्ट्रिय नवसाम्राज्यवादी काङ्ग्रेस झुकेको छ । यसले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने भन्दा परनिर्भरता सृर्जना गरिरहेको छ ।” काङ्ग्रेसले एकल सांस्कृतिक राज्यको अवधारणा अंगीकार गर्दै आफ्नो वर्ण र वर्गको स्वार्थ सुरक्षित गरिरहेको उनको आरोप छ ।

एमालेलाई उनले नवपुँजीवादी दल भनेका छन् । राजनीतिमा यो दल अवसरवादी चरित्रको रहेको उनको आरोप छ । “अवसरवादी चरित्र प्रदर्शन गर्दै आफ्नो अस्तित्व जोगाउन जुनसुकै सम्झौता गर्न पनि पछि पर्दैन,” उनले प्रतिवेदनमा भनेका छन् ।

एमाले राष्ट्रिय मुक्तिका लागि सबैभन्दा खतरनाक रहेको उनले उल्लेख गरेका छन् । “हाल यो पार्टी जनताको अधिकार दबाउने र राष्ट्रिय मुक्तिको आन्दोलनलाई समाप्त पार्ने दिशामा अग्रसर छ । यसलाई प्रमुख प्रतिस्पर्धी चित्रित गर्दै यसको प्रतिरोधमा विशेष ध्यान दिन आवश्यक छ,” प्रतिवेदनमा उल्लेख छ ।

माओवादीले सत्ता स्वार्थका लागि आफ्नो आदर्श त्यागेको उनको भनाइ छ  । यो दलले अब राष्ट्रिय मुक्तिको कुनैपनि पक्षलाई निष्कर्षमा पुर्‍याउने क्षमता नराख्ने उनको निष्कर्ष छ । माओवादीले उत्पीडिन जनताको विश्वास गुमाएको उनले उल्लेख गरेका छन् । “माओवादीले बलिदानलई प्रयोगका रूपमा हेर्न थालेपछि  पार्टीप्रति उत्पीडित जाति वर्गका जनताहरूको विश्वास  माओवादीले गुमाएको छ । सत्ता स्वार्थका लागि अवसरवाद अपनाउँदै आफ्ना आदर्शहरूलाई त्यागेको छ ।”

एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादीको आफ्नो कुनै विचारधारा वा दीर्घकालीन योजना नदेखिएको महतोले बताएका छन् । “विचारधाराको दृष्टीकोणबाट एमालेलाई बुझ्यो भने यो पनि उस्तै हो भन्ने बुझिन्छ,” प्रतिवेदनमा भनिएको छ ।

मधेस केन्द्रित दलहरूको पनि उनले समीक्षा गरेका छन् । प्रतिवेदनमा उनले विगतका गल्ति त्रुटी सच्याउँदै अघि बढेमात्रै मधेस केन्द्रित दलले आफ्नो ऐतिहासिक भूमिका पुन: स्थापित गर्नसक्ने बताएका छन् । “गैर राजनीतिक चिन्तन एनजिओ मानसिकता हाबी हुँदा आन्दोलनहरू कमजोर भए । मधेसी राष्ट्रिय मुक्ति शक्तिहरूले आफ्ना विगतका त्रुटी आत्मसात गर्दै क्रान्तिकारी नेतृत्व निर्माण गर्न सकेमात्रै आफ्नो ऐतिहासिक भुमिका पुन: स्थापित गर्नसक्छन्,” प्रतिवेदनमा भनिएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register