सोमबार ३.३५ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७५८.७५ बिन्दुमा

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१० कम्पनीको २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ११ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

Feb 24, 2025 - 09:40
 0
सोमबार ३.३५ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७५८.७५ बिन्दुमा

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१० कम्पनीको २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ११ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ८९ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् ।  यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register