५ लाख बढी ट्रामाडोल क्याप्सुलसहित २ जना पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । मनोद्दिपक पदार्थ ट्रामाडोल ५ लाख बढी क्याप्सुल सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ५ लाख ६४ हजार १ सय क्याप्सुल सहित २ जनालाई पक्राउ गरेका हुन् । प्रहरीका अनुसार मंसिर ८ गते ललितपुर माहांकाल बस्ने ३३ वर्षीय सुधिर लामिछानेलाई ३० हजार ट्रामाडोल क्याप्सुलसहित पक्राउ गरिएको […]

Feb 25, 2025 - 11:59
 0
५ लाख बढी ट्रामाडोल क्याप्सुलसहित २ जना पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । मनोद्दिपक पदार्थ ट्रामाडोल ५ लाख बढी क्याप्सुल सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ५ लाख ६४ हजार १ सय क्याप्सुल सहित २ जनालाई पक्राउ गरेका हुन् ।

प्रहरीका अनुसार मंसिर ८ गते ललितपुर माहांकाल बस्ने ३३ वर्षीय सुधिर लामिछानेलाई ३० हजार ट्रामाडोल क्याप्सुलसहित पक्राउ गरिएको हो । यता मंसिर ९ गते पर्साको महुवन गाउँपालिका ६ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका ४ टोखा बस्ने ३८ वर्षीय साईमन बनवारीलाई ५ लाख ३४ हजार १ सय क्याप्सुलसहित पक्राउ गरिएको हो ।

बनवारीले काठमार्डां उपत्यकालाई केन्द्र बनाई बिक्री वितरण गर्न गोदाम नै राखेको पाइएको छ । साथै उनीहरुमाथि नियन्त्रित मनोद्दिपक लागु औषध मुद्धामा म्याद थप भई अनुसन्धान भईरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register