उधारो सेयर कारोबार रोक्दै धितोपत्र बोर्ड, सेयर बजारमा कस्तो असर पर्छ ? के भन्छन् रामहरी नेपाल ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले उधारोमा हुने सेयर कारोबार रोक्ने नीति अघि सारेको छ । बोर्डले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो नीति अघि सारेको हो । बोर्डले नीति तथा कार्यक्रममार्फत बैंक खातामा रकम भए मात्रै सेयर किन्न पाउने व्यवस्था गर्ने घोषणा गरेको छ । ‘दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको […]

Jul 23, 2025 - 13:10
 0
उधारो सेयर कारोबार रोक्दै धितोपत्र बोर्ड, सेयर बजारमा कस्तो असर पर्छ ? के भन्छन् रामहरी नेपाल ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले उधारोमा हुने सेयर कारोबार रोक्ने नीति अघि सारेको छ । बोर्डले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो नीति अघि सारेको हो ।

बोर्डले नीति तथा कार्यक्रममार्फत बैंक खातामा रकम भए मात्रै सेयर किन्न पाउने व्यवस्था गर्ने घोषणा गरेको छ । ‘दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाउने ।’, नीति तथा कार्यक्रममा उल्लेख छ ।

बोर्डले गरेको यस्तो व्यवस्था कार्यान्वयन भएसँगै सेयर लगानीकर्ताले कारोबार गर्ने बैंक खातामा पैसा भए मात्र कारोबार हुनेछ । यसो हुँदा हाल बजारमा भइरहेको उधारो कारोबार रोकिने अपेक्षा गरिएको छ ।

यता यो नीतिले बजारमा नगन्य असर पार्ने सेयर विश्लेषक रामहरी नेपालले बताएका छन् । दीर्घकालीन रुपमा यो नीतिले सेयर बजारलाई राम्रै गर्ने र लगानीकर्तालाई अनुसाशनमा राख्ने भए पनि ब्रोकरको उधारोमा कारोबार गर्ने अपरेटरलाई केही हदसम्म असर गर्ने नेपालको भनाई छ । ‘जसले आफ्नै पैसामा ट्रेड गर्छ, उसलाई यो नीतिले केही असर गर्दैन ।’, उनले भने, ‘तर अपरेटरलाई केही समस्या चाहिँ पर्छ । त्यसले थोरै प्रभावचाहिँ पार्न सक्छ । तर यही नीतिले बजार बिगार्ने चाहिँ होइन ।’

त्यस्तै, उनले ब्रोकरको धेरै उधारोका कारण पनि लगानीकर्ता डुब्ने गरेको भन्दै यो नीतिले ट्रेडिङलाई अनुशासित बनाउने बताएका छन् । यद्यपि यो नीति तथा कार्यक्रममा गरिएको व्यवस्था भएकाले कार्यान्वयमा आउन समय लाग्ने भन्दै नेपालले यो नीतिको असर तत्काल बजारमा नेदेखिने पनि बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register