स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका-३ का २६ वर्षीय मित्रलाल अर्याल रहेका छन्। उनको उपचारको क्रममा नगर अस्पताल गल्याङमा बुधबार बिहान २:५० मा मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए। बिहान राति करिब सवा १ बजे गल्याङ नगरपालिका-११ खरिपानीस्थित सिद्धार्थ […]

Feb 26, 2025 - 03:59
 0
स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं

स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका-३ का २६ वर्षीय मित्रलाल अर्याल रहेका छन्।

उनको उपचारको क्रममा नगर अस्पताल गल्याङमा बुधबार बिहान २:५० मा मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।

बिहान राति करिब सवा १ बजे गल्याङ नगरपालिका-११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरा जाँदै गरेको लु३ख ३३२४ नम्बरको पिकअप सडकबाट करिब सय मिटर तल खसेको थियो।

पिकअपमा सवार सहचालक पाल्पा रम्भा गाउँपालिका-३ कै राधेश्याम बस्यालको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले बताए।

पिकअपमा चार जना सवार रहेकोमा अन्य सकुशल छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register