प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, ६ जना पक्राउ

काठमाडौँ। प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिका नाममा परीक्षा दिइरहेका छ जना पक्राउ परेका छन् । काठमाडौँको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सो पदको परीक्षामा सहभागी ती नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । पक्राउ परेका नक्कली परीक्षार्थीलाई काठमाडाँै जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Apr 20, 2025 - 17:52
 0
प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, ६ जना पक्राउ

काठमाडौँ।

प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिका नाममा परीक्षा दिइरहेका छ जना पक्राउ परेका छन् । काठमाडौँको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सो पदको परीक्षामा सहभागी ती नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

प्रहरीले दोलखाका २३ वर्षीय मोहन सुनुवार, कालीकोटका २४ वर्षीय गोपाल  शाही, सुर्खेतका २२ वर्षीय मनोज शर्मा र २० वर्षीय उमेश शर्मा, दैलेखका २२ वर्षीय आकाश खड्का तथा जुम्लाका २२ वर्षीय मीन रावललाई पक्राउ गरेको हो ।

पक्राउ परेका नक्कली परीक्षार्थीलाई काठमाडाँै जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    प्रहरीले उनीहरूका साथबाट अर्काको फोटो टाँस गरेको सक्कल प्रवेशपत्र र नागरिकताको प्रतिलिपि बरामद गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register