मलद्वारमा लुकाएर ४ किलो सुन तस्करी, महिलासहित ४ जना पक्राउ 

काठमाडौँ । अवैध सुन तस्करीको आरोपमा ४ जना पक्राउ परेका छन् । बिहीबार काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित तीन जना महिला र एक जना पुरुष पक्राउ परेका हुन् । फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट नेपाल आएका उनीहरुलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।  प्रहरी स्रोतका अनुसार पक्राउ परेका तीन जना महिलाले मलद्वारमा […]

Feb 27, 2025 - 06:25
 0
मलद्वारमा लुकाएर ४ किलो सुन तस्करी, महिलासहित ४ जना पक्राउ 

काठमाडौँ । अवैध सुन तस्करीको आरोपमा ४ जना पक्राउ परेका छन् । बिहीबार काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित तीन जना महिला र एक जना पुरुष पक्राउ परेका हुन् ।

फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट नेपाल आएका उनीहरुलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी स्रोतका अनुसार पक्राउ परेका तीन जना महिलाले मलद्वारमा लुकाएर सुनको तस्करी गर्दै गरेका थिए । उनीहरुसँगै एउटै समूहमा भएकाले एक पुरुषलाई पनि पक्राउ गरिएको छ । उनको साथबाट भने सुन नभेटिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरु उज्बेकिस्तानका नागरिक हुन् । उनीहरुको पासपोर्टमा नाम अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवाm गलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register