सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, छिट्टै तोलाको दुई लाख पुग्ने !

काठमाडौँ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार किर्तिमानी रेकर्ड बनाएको सुनको मूल्य बुधबार पुन ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८ सय रुपैयाँले बढेर एक लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको […]

Mar 19, 2025 - 05:11
 0
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, छिट्टै तोलाको दुई लाख पुग्ने !

काठमाडौँ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार किर्तिमानी रेकर्ड बनाएको सुनको मूल्य बुधबार पुन ८ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८ सय रुपैयाँले बढेर एक लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यहि रफ्तारमा बढे सुनको मूल्य छिट्टै २ लाख पुग्ने पक्का देखिएको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला २०४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ५० हजार ८ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १७५३.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register