काङ्ग्रेस, एमालेबाट सरेको रोगको उपचार खोज्न जनतामा आयौँ : प्रचण्ड 

धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना दलसँग सहकार्य गर्दा माओवादीमा पनि रोगको सङ्क्रमण भएको भन्दै त्यसकै उपचार खोज्न जनताको बीचमा आएको बताएका छन् । तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आइतबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले कहिले काङ्ग्रेस र कहिले एमालेसँग सहकार्य गर्दागर्दा उनीहरूको रोग माओवादीभित्र पनि देखिन थालेको बताए ।  पार्टीभित्र […]

Mar 2, 2025 - 10:52
 0
काङ्ग्रेस, एमालेबाट सरेको रोगको उपचार खोज्न जनतामा आयौँ : प्रचण्ड 

धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना दलसँग सहकार्य गर्दा माओवादीमा पनि रोगको सङ्क्रमण भएको भन्दै त्यसकै उपचार खोज्न जनताको बीचमा आएको बताएका छन् ।

तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आइतबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले कहिले काङ्ग्रेस र कहिले एमालेसँग सहकार्य गर्दागर्दा उनीहरूको रोग माओवादीभित्र पनि देखिन थालेको बताए । 

पार्टीभित्र विभिन्न तहका परामर्श बैठकबाट रोग पहिचान गरेर यसको उपचार गर्ने डाक्टर जनता मात्रै हुन् भन्ने निष्कर्षसहित अहिले अभियानमा आएको उनले बताए ।

लाखौं जनताको विश्वास कायम राख्न नसक्नु आफूहरूको कमजोरी भएको उल्लेख उनले आगामी दिनमा सच्याएर जनतातिर फर्कन केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार अभियान थालिएको बताए । 

हुलाकी मार्ग वरिपरि सबैभन्दा धेरै उत्पीडित वर्ग र समुदायको बसोबास रहेकाले त्यही छिरेर जनताको मनको कुरा नजिकबाट बुझ्ने कोसिस गरिरहेको पनि प्रचण्डले उल्लेख गरे । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register