पार्टीको अनुमतिबिना एमाले नेता, कार्यकर्ता विदेश जान नपाउने

काठमाडौं ।  एमालेका कार्यकर्ता पार्टीको अनुमतिबिना विदेश भ्रमणमा जान नपाउने भएका छन् । एमाले केन्द्रीय सचिवालयको बैठकले विदेश भ्रमणअघि पार्टीको अनुमति अनिवार्य लिनु पर्ने निर्णय गरेको हो । महासचिव शङ्कर पोखरेलले विदेश भ्रमणको दुरूपयोग रोक्दै त्यसलाई प्रभावकारी बनाउन आचारसंहिता जारी गरिएको बताए । ‘अबदेखि पार्टी सदस्य विदेश भ्रणमा जाँदा अनिवार्य स्वीकृति लिनुपर्नेछ । कुन कार्यक्रममा […]

Mar 2, 2025 - 12:31
 0
पार्टीको अनुमतिबिना एमाले नेता, कार्यकर्ता विदेश जान नपाउने

काठमाडौं ।  एमालेका कार्यकर्ता पार्टीको अनुमतिबिना विदेश भ्रमणमा जान नपाउने भएका छन् ।

एमाले केन्द्रीय सचिवालयको बैठकले विदेश भ्रमणअघि पार्टीको अनुमति अनिवार्य लिनु पर्ने निर्णय गरेको हो । महासचिव शङ्कर पोखरेलले विदेश भ्रमणको दुरूपयोग रोक्दै त्यसलाई प्रभावकारी बनाउन आचारसंहिता जारी गरिएको बताए ।

‘अबदेखि पार्टी सदस्य विदेश भ्रणमा जाँदा अनिवार्य स्वीकृति लिनुपर्नेछ । कुन कार्यक्रममा जान लागेको हो, आयोजक को हो भन्ने विषयमा पार्टीलाई अनिवार्य जानकारी हुनुपर्छ । भ्रमणमा गएपछि पार्टीको प्रतिष्ठा बढाउने भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने ।

फर्किएर आएपछि पार्टीमा भ्रमणको प्रस्तुतीकरण दिनुपर्ने सचिवालयले जारी गरेको आचारसंहितामा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register