भारत र पाकिस्तान तनावको प्रभाव : आईपीएलको खेल रद्द, पीएसएल यूएईमा सारियो

काठमाडौं । दुई छिमेकी देश भारत र पाकिस्तानबीचको तनावको प्रभाव खेल क्षेत्रमा पनि परेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)को खेल रद्द भएको छ भने पाकिस्तान सुपर लिग (पीएसएल) यूएईमा सारिएको छ । आईपीएलअन्तर्गत बिहीबार राति हिमाचल प्रदेशको धर्मशालामा भइरहेको दिल्ली क्यापिटल्स र पञ्जाब सुपर किङ्सबीचको खेल रद्द भएको हो । प्राविधिक समस्याका कारण मैदानको […]

May 9, 2025 - 06:36
 0
भारत र पाकिस्तान तनावको प्रभाव : आईपीएलको खेल रद्द, पीएसएल यूएईमा सारियो

काठमाडौं । दुई छिमेकी देश भारत र पाकिस्तानबीचको तनावको प्रभाव खेल क्षेत्रमा पनि परेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)को खेल रद्द भएको छ भने पाकिस्तान सुपर लिग (पीएसएल) यूएईमा सारिएको छ ।

आईपीएलअन्तर्गत बिहीबार राति हिमाचल प्रदेशको धर्मशालामा भइरहेको दिल्ली क्यापिटल्स र पञ्जाब सुपर किङ्सबीचको खेल रद्द भएको हो ।

प्राविधिक समस्याका कारण मैदानको फ्लडलाइट चल्न नसक्दा खेल रद्द गर्नुपरेको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले जनाएको ५ । १० ओभर १ बल को खेल सकिएपछि फ्लड लाइटको पावर सप्लाई नहुँदा मात्र एउटा फ्लड लाइट मात्र बलेको थियो ।

यता आईपीएलका अधिकारीले भने अन्तर्राष्ट्रिय मिडियालाई पाकिस्तानले जम्मू क्षेत्रमा गरिरहेको आक्रमणलाई ध्यानमा राख्दै सुरक्षाका हिसाबले खेल रद्द गरिएको जानकारी दिएका छन् ।

सो पञ्जाबले १० ओभर १ बलमा १ विकेट गुमाउँदै १२२ रन जोडेको थियो । प्रियान्स आर्या र प्रभसिम्रनले टोलीलाई उत्कृष्ट सुरुवात दिलाए ।

खेल रद्द भएसँगै तेस्रो स्थानमा रहेको पञ्जाबको ११ खेलमा १५ अंक छ । दिल्ली ११ खेलमा १३ अंक जोडेर पाँचौ स्थानमा छ । यस खेलको अंकबारे भने निर्णय भइसकेको छैन ।

यस्तै दुई देशको तनावकै कारण पीएसएलका खेलहरूको स्थल परिवर्तन गरिएको छ । अबब बाँकी खेलहरू यसै यूएईमा नै आयोजना हुनेछन्

भारत र पाकिस्तानबीच जारी तनावका बीच पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पीएसएलका बाँकी खेलहरू यूएईमा आयोजना गर्ने निर्णय गरिएको बताएको छ ।

पहिले रावलपिण्डी, मुल्तान र लाहोरमा आयोजना हुने तालिका रहेका पीएसएलका खेलहरू अब यूएईमा आयोजना हुनेछन् ।

पीसीबीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार खेलको तालिका, मिति र स्थान सही समयमा घोषणा गरिने छ ।

बिहीबार रावलपिण्डी क्रिकेट रंगशालामा हुने तय भएको पीएसएल खेल रद्द गरिएको थियो । पाकिस्तानी सेनाले रावलपिण्डी क्रिकेट रंगशाला नजिकैको फूड स्ट्रिटमा भारतीय ड्रोन खसालेको दाबी गरेको छ ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले पनि यस सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतको सम्भावित आक्रमणबाट हाम्रा घरेलु र विदेशी पाहुना क्रिकेटरहरूलाई जोगाउन पीसीबीले बाँकी खेलहरू यूएईमा सार्ने निर्णय गरेको छ ।’

भारत र पाकिस्तानबीच बिहीबार रातभर गोलीबारी भएको थियो । दुई देशलाई छुट्याउने नियन्त्रण रेखामा मात्र नभई भारत र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पनि गोलीबारी भएको भारतीय तथा पाकिस्तानी सञ्चारमाध्यहरूले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमहरूले पाकिस्तानी सेनाले भारतका १५ भन्दा बढी स्थानमा हवाई आक्रमण गरेको जनाएका छन् । पाकिस्तानी आक्रमणमा परी उरीमा एक भारतीय महिलाको मृत्यु भएको भारतीय पक्षको दाबी छ ।

भारतीय पक्षले पाकिस्तानी तीनवटा लडाकु विमान र एक जासुसी विमान खसालेको दाबी गरेको छ । भारतले दुईवटा जेएफ–१७ र एक एफ–१६ तथा एक जासुसी विमान खसालेको दाबी गरेको छ ।

उता पाकिस्तानले भने यसरी भारतमा आक्रमण नगरेको दाबी गरेको छ । तर भारतका एक दर्जनभन्दा बढी स्थानमा विस्फोटक घटना भएका छन् ।

यसअघि भारतले मंगलबार राति पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण गरेको थियो जसमा ३१ जनाको मृत्यु भएको पाकिस्तानले जनाएको छ ।

भारततर्फ पनि एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

पुछारमा रहेको चेन्नईसँग हार्‍यो कोलकाता, कठिन बन्यो प्ले अफ सम्भावना

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register