विराटनगरमा प्रचण्डको मर्निङवाक, भक्काको स्वाद (तस्वीरहरू)

काठमाडौं । विराटनगरमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) बिहानै मर्निङवाकमा निस्किए । राति छोरी गंगाको घरमा बसेका उनले बिहानै कार्यकर्तासँगै मनिङ्वाक गरेका हुन् । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले मर्निङवाकपश्चात् थारू (राजवंशी) समुदायको खाना भक्काको स्वाद लिएका थिए । ‘राजवंशी समुदायको भक्काको स्वादसँगै आजको दिनको सुरुवात गरेको छु । […]

Jan 18, 2025 - 04:23
 0
विराटनगरमा प्रचण्डको मर्निङवाक, भक्काको स्वाद (तस्वीरहरू)

काठमाडौं । विराटनगरमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) बिहानै मर्निङवाकमा निस्किए । राति छोरी गंगाको घरमा बसेका उनले बिहानै कार्यकर्तासँगै मनिङ्वाक गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले मर्निङवाकपश्चात् थारू (राजवंशी) समुदायको खाना भक्काको स्वाद लिएका थिए ।

‘राजवंशी समुदायको भक्काको स्वादसँगै आजको दिनको सुरुवात गरेको छु । आज दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने छु,’ उनले सामाजिक सञ्जालमा तस्वीर राख्दै लेखेका छन् ।

जिल्ला दौडाहाको क्रममा रहेका पूर्वप्रधानमन्त्री प्रचण्ड अन्य ठाउँमा जाँदा पनि मर्निङवाक गरिररहेको देखिने गरेका छन् ।

उनले आज बिहान ९ देखि १० बजेसम्म विराटनगर–१९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ ।

अन्य केही काममा पनि सहभागी भएर प्रचण्ड आजै काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ ।

प्रचण्डको विराटनगर बसाइ हेरौँ तस्वीरहरूमा :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register