राजावादी आन्दोलनमा खोजियो रास्वपाको साथ

काठमाडौं । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजावादी आन्दोलनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको साथ खोज्दै पत्राचार गरेको छ । संयोजक नवराज सुवेदीले रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई सहकार्यका लागि पत्राचार गरेका हुन् । संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि आन्दोलन घोषणा गरेको छ । वर्तमान राजनीति व्यवस्थाले नेपाली जनताको सुशासन, समृद्धि र राष्ट्रिय पहचिानका […]

May 21, 2025 - 12:50
 0
राजावादी आन्दोलनमा खोजियो रास्वपाको साथ

काठमाडौं । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजावादी आन्दोलनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको साथ खोज्दै पत्राचार गरेको छ । संयोजक नवराज सुवेदीले रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई सहकार्यका लागि पत्राचार गरेका हुन् ।

संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि आन्दोलन घोषणा गरेको छ । वर्तमान राजनीति व्यवस्थाले नेपाली जनताको सुशासन, समृद्धि र राष्ट्रिय पहचिानका अपेक्षा पुरा गर्न नसकेको र चरम दलीयकरणप्रति रास्वपा पनि असन्तुष्टि रहेको जनाउँदै साथ दिन पत्राचार गरेका हुन् । ‘तपाईंको पार्टीका सभापति रवि लामिछानेज्यूले पनि हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त गर्नुभएको तथ्य सर्वविदित छ। राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलिय हस्तक्षेप र दलियकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईंहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ।’

 

वर्तमान व्यवस्था परिवर्तन गर्नु आवश्यकता रहेको सुवेदीले पत्रमा उल्लेख गरेका छन्। यस विषयमा रास्वपा र राजावादीबीच समझदारी हुनसक्ने आशा लिएको पत्रमा उल्लेख छ । ‘तपाईंकै पार्टीको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्था प्रतिको आलोचनालाई दृष्टिगत गर्दै, म हाम्रो आन्दोलनमा सहकार्य र सहभागिताको प्रस्ताव गर्दछु। आउनुहोस्, यो चरम दलीयकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनःस्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौं, संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र, बहुदलिय प्रजातन्त्र पूनर्स्थापना गरौं,’ सुवेदीले भनेका छन्।

जनआन्दोलन समितिमा संयोजकले पत्राचार गरेनपनि उक्त अभियानमा पार्टीको साथ नदिने बताएका छन् । ‘पत्र आएको छ उक्त  अभियानमा हाम्रो कुनै साथ रहँदैन,’ अर्यालले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register