एकता अधिवेशनमा जुट्यो एनआरएनए यूके, निर्वाचन तालिका सार्वजनिक

लन्डन । यही मार्च २३ तारिख तय एनआरएनए यूके एकता अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । एनआरएनए यूके एकता अधिवेशन निर्वाचन समितिले आइतबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा एक पत्रकार सम्मेलन गरी निर्वाचन तालिका सार्वजनिक गरेको हो । सदस्य सचिव विश्वासदीप तिगेलाले घोषणा गरेको निर्वाचन तालिकाअनुसार सदस्य बन्ने अन्तिम समयसीमा १५ मार्च मध्यरातसम्म तोकिएको छ । […]

Mar 2, 2025 - 20:02
 0
एकता अधिवेशनमा जुट्यो एनआरएनए यूके, निर्वाचन तालिका सार्वजनिक

लन्डन । यही मार्च २३ तारिख तय एनआरएनए यूके एकता अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

एनआरएनए यूके एकता अधिवेशन निर्वाचन समितिले आइतबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा एक पत्रकार सम्मेलन गरी निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

सदस्य सचिव विश्वासदीप तिगेलाले घोषणा गरेको निर्वाचन तालिकाअनुसार सदस्य बन्ने अन्तिम समयसीमा १५ मार्च मध्यरातसम्म तोकिएको छ । मतदाता नामावली प्रकाशन १६ मार्च अपरान्ह ५ बजे हुनेछ भने सदस्यतामाथि दावी विरोधका लागि १७ मार्च ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

त्यस्तै, उम्मेदवारी दर्ता १९ मार्च ५ बजेसम्म तथा उम्मेदवारीउपर दावी विरोधको समयसीमा २० मार्च दिउसो एक बजेसम्म राखिएको छ ।

उम्मेदवारी फिर्ताका लागि २० मार्च दिउसो ३ बजेसम्म र अन्तिम उम्मेदवारहरुको नामावली प्रकाशन २० मार्च सांझ ७ बजेको समय तोकिएको समितिले जनाएको छ ।

२१ मार्च २०२५ दिउसो उम्मेदवारहरुका प्रतिवद्धता सार्वजनिक गरिने र २३ मार्चका दिन निर्वाचन, नतिजा घोषणा र शपथ हुने समितिले जनाएको छ ।

अधिवेशनले ३६ सदस्यीय राष्ट्रिय समन्वय परिषद गठन गर्नेछ । अध्यक्ष र आइसीसी पदको उम्मेदवारी दिन एकहजार पाउण्ड, उपाध्यक्ष र महासचिव उम्मेदवारका लागि ५०० पाउण्ड, सचिव, महिला सचिव र कोषाध्यक्ष पदका लागि ३०० पाउण्ड, सहकोषाध्यक्ष, महिला संयोजक, र युवा संयोजक उम्मेदवारले २०० पाउण्ड एवं १८ सदस्यहरुले उम्मेदवारी शुल्क १०० पाउण्ड निर्धारण गरिएको छ । भौतिक रुपमा उपस्थित भएर उम्मेदवारी र मतदान दिनुपर्ने समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा पहिलो सेसनका सभापति एवं निर्वाचन समितिका संयोजक डा. भीम पुनले आफ्नो टिमले ऐतिहासिक एकता निर्वाचन निष्पक्ष रुपमा गराउने विश्वास व्यक्त गरे । संक्रमणकालिन अवस्थामा सबैले आ आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने वोध भएर निर्वाचन संयोजकको जिम्मेवारी लिएको उनले स्पष्ट पारे ।

डा. पुनले एनआरएनए बेलायतबाटै जन्मिएकाले एकताको सन्देश पनि यहींबाट दिनुपर्ने आवश्यकता औंल्याए । मतदानका दिन सुरक्षा, स्वास्थ्य सेवा आदि व्यवस्था मिलाइने र मतदाताहरुको डेटा प्रोटेक्सनलाई पनि विशेष ध्यान दिइएको पुनले बताए ।

 

निर्वाचन समितिका सदस्य राजकुमार (आरके) त्रिपाठीले सर्वोच्चको आदेश मान्ने आफ्नो मान्यता, अदालतको परमादेश मान्नु पर्छ । एकता अधिवेशनलाई सघाउन हितकाजी गुरुङको समितिलाई आग्रह गरे । परराष्ट्रले समेत एकता अधिवेशनका लागि सहसचिवलाई तोकिसकेको जनाउंदै त्रिपाठीले अब एकले अर्कोलाई लडाउने कार्य नगर्न आग्रह गरे । चुनाव पारदर्शी र निष्पक्ष हुने उनको प्रतिवद्धता थियो ।

एनआरएनलाई दरिलो बनाउन पनि एकता आवश्यक रहेको उनले बताए । त्रिपाठीले हितकाजी गुरुङ पक्षलाई पनि एकता अधिवेशनमा सहभागी हुन अपिल गरे ।

निर्वाचन समितिका सदस्य टेक बहादुर थापा (खस) ले धांधलीरहित, पारदर्शी बनाउनु निर्वाचन कमिटीको दायित्व भएको बताउंदै त्यसमा कुनै सम्झौता नगरिने प्रतिवद्धता जाहेर गरे ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले सर्वोच्चको आदेश अनुसार १३ सदस्यीय उच्चस्तरिय समिति बनेको र त्यसले मे १८ तारिखसम्म एकता महाधिवेशन नगरे एनआरएनए संस्था नै अवैध हुने भएपछि समितिको निर्देशनमा छोटो समयमै यहां अधिवेशन गर्नुपरेको प्रष्टयाए । उनले एनआरएनए यूकेलाई अप्रिल १५ सम्म अधिवेशन गर्न समयसीमा दिइएपनि त्यस अगाडि नै गर्न लागिएको बताए ।

वंशजको नेपाली नागरिकता निरन्तरता र भूतपूर्व गोर्खा समस्या समाधान मुख्य एजेण्डा राखेर अधिवेशन गर्न लागिएको उल्लेख गर्दै गाहा मगरले सफल बनाइदिन सबै नेपालीमा आग्रह गरे ।

पत्रकार सम्मेलनमा अधिवेशन मुल आयोजक समितिका संयोजक एवं एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्रीले सर्वाेच्चको परमादेश अनुसार एकता अधिवेशन भएरै छाड्ने बताए । समयसीमाभित्र एकता अधिवेशन नभए संस्था नै डिजल्भ हुने र संस्थाभित्रको घोटाला बाहिर आउने डरले अधिवेशन नगर्ने षडयन्त्र भइरहेपनि बेलायत र नेपालमा एकता अधिवेशन भएरै छाड्ने उनले बताए ।

अदालतको फैसला एउटामात्र भएको र यसमा भ्रममा नपर्न उनले अपिल गरे । बेलायतले एकता अधिवेशन गरेर राम्रो सन्देश दिनुपर्ने पनि क्षेत्रीको भनाइ थियो ।

एनआरएनए नेताहरुको व्यक्तिगत स्वार्थका कारण वंशजको नेपाली नागरिकता निरन्तरता अभियान र गोर्खाको समान अधिकार सम्बोधन गर्न नसकिएपनि अब एकता अधिवेशनमा सबै मुद्दा समेट्न चाहेको उनले बताए ।


तमुधिं यूके पूर्व अध्यक्ष ज्ञाम गुरुङले इतिहास र अग्रजहरुले गल्ती गरिसकेपनि अब अदालतको आदेश पालना गरेर अगाडि बढ्न आग्रह गरे । अदालत सधैं पवित्र र न्यायिक हुन्छ । बेलायतमा रहेका नेपालीले अब पनि अदालतको मर्म अनुरुप एकताको अर्थ नबुझे हामी धेरैपछि पर्नेछौं, उनले भने ।

पूर्व डिएसपी वाचस्पति रेग्मीले डा. शेष घलेले गर्ने एकता अधिवेशनमात्र वैध हुने बताए ।

पूर्व काउन्सिलर प्रवेश केसीले केही व्यक्तिले पदका लागिमात्र राजनीति गर्दा एनआरएनएले बाटो बिराएको बताए । एनआरएनए एकता अधिवेशनमार्फत विदेशका नेपालीको नेपाली भएर पाउने अधिकार लिने मौका सर्वोच्चले दिएको केसीले बताए ।

एनआरएनए यूके गोर्खा टास्क फोर्सका प्रमुख संयोजक ओमप्रसाद थापा काउचाले एनआरएनए केन्द्रमा तीन जना व्यक्तिको पछाडि बेलायतका सबै नेपाली किन लाग्ने अब सोच्नुपर्ने बेला आएको जनाए ।

एनआरएनए उपाध्यक्ष थर्क सेनले सदस्यता लिएर बेलायत र नेपालमा हुने अधिवेशनमा सहभागी हुन अपिल गरे । सेनले एनआरएनए यूके अधिवेशनमा डा. शेष घले आउने जनाउंदै अधिवेशनको सामूहिक जिम्मेवारी पूरा गर्न सबैमा आग्रह गरेका थिए ।

कार्यक्रममा प्रमुख संरक्षक डेभिड गुरुङले एकता अधिवेशनको गहन जिम्मेवारी लिएको भन्दै मुल आयोजक समिति संयोजक योगेन क्षेत्रीलाई फेटा ओढाएर सम्मान गरे ।

सो अवसरमा संरक्षकहरु भरत रोका क्षेत्री र वीर बहादुर थापा, एनआरएनए यूके आइसीसी सदस्य शारदा गुरुङ, क्याप्टेन रि. हितमान गुरुङ, नरमती पुन, बडी बिल्डिङ यूके अध्यक्ष गंगा गुरुङ लगायतले आआफ्नो धारणा राखेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register