भारतको जितसँगै च्याम्पियन्स ट्रफीको फाइनल यूएईमा हुने निश्चित

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनल खेल यूएईमा हुने निश्चित भएको छ । सेमिफाइनलमा भारत पुगेसँगै फाइनल खेल पाकिस्तानको सट्टा यूएईमा हुने निश्चित भएको हो । मङ्गलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ४ विकेटले हराएर उपाधि भिडन्त पक्का गरेको थियो । खासमा च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तान हो । तर सुरक्षाको कारण देखाउँदै भारत पाकिस्तान […]

Mar 5, 2025 - 02:44
 0
भारतको जितसँगै च्याम्पियन्स ट्रफीको फाइनल यूएईमा हुने निश्चित

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनल खेल यूएईमा हुने निश्चित भएको छ ।

सेमिफाइनलमा भारत पुगेसँगै फाइनल खेल पाकिस्तानको सट्टा यूएईमा हुने निश्चित भएको हो । मङ्गलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ४ विकेटले हराएर उपाधि भिडन्त पक्का गरेको थियो ।

खासमा च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तान हो । तर सुरक्षाको कारण देखाउँदै भारत पाकिस्तान नजाने भएपछि भारतीय टोलीका सबै खेल यूएईको दुबई अन्तराष्ट्रिय रङ्शालामा हुने तय भएको थियो । अहिले भारत फाइनलमा पुगेपछि उपाधि भिडन्त दुबईमा नै हुने निश्चित भएको छ ।

यदि भारत सेमिफाइनलमा पराजित भएको भए फाइनल खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा हुने थियो । भारतको जितसँगै पाकिस्तान फाइनल खेल

आयोजना गर्नबाट बञ्चित भएको छ । पाकिस्तानले तीन दशकपछि आईसीसीको प्रतियोगिता आयोजना गरिरहेको हो ।

दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको विजेताले भारतसँग मार्च ९ मा उपाधि भिडन्त गर्नेछ ।

अष्ट्रेलियासँग भारतको बदला, चार विकेटले हराउँदै फाइनलमा

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register