प्रसिद्ध हास्य कलाकार घनश्याम गौतमको निधन

काठमाडौं ।  आन्द्राको क्यान्सरसँग जुधिरहेका लोकप्रिय हास्य कलाकार घनश्याम गौतमको गए राति १२:१० बजे भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचारका क्रममा निधन भएको छ। ‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ परिचित गौतमको निधनले नेपाली हास्य कलाकारिता क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ। मङ्गलबार राति १:०५ बजे उनको फेसबुक एकाउन्टबाट एउटा तस्बिरसहितको पोष्टमा भनिएको छ,  ‘अब हामी माझ […]

Jun 3, 2025 - 03:37
 0
प्रसिद्ध हास्य कलाकार घनश्याम गौतमको निधन

काठमाडौं ।  आन्द्राको क्यान्सरसँग जुधिरहेका लोकप्रिय हास्य कलाकार घनश्याम गौतमको गए राति १२:१० बजे भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचारका क्रममा निधन भएको छ।

‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ परिचित गौतमको निधनले नेपाली हास्य कलाकारिता क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ।

मङ्गलबार राति १:०५ बजे उनको फेसबुक एकाउन्टबाट एउटा तस्बिरसहितको पोष्टमा भनिएको छ,  ‘अब हामी माझ रहनु भएन! हार्दिक श्रद्धाञ्जली ।’

उनले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम र स्टेज कार्यक्रमहरूमार्फत आफ्नो कला प्रस्तुत गरेका थिए।

दुई वर्षअघि पेटको क्यान्सर पुष्टि भएपछि गौतमले भक्तपुर क्यान्सर अस्पतालमा लामो समय उपचार गराएका थिए। त्यहाँ निको नभएपछि उनी भारतको नयाँ दिल्लीसम्म पुगेका थिए। भारतबाट फर्किएपछि उनको स्वास्थ्यमा केही सुधार आएको थियो ।

पुनः स्वास्थ्यमा समस्या आएपछि करिब डेढ महिनाअघि उनलाई सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा भर्ना गरिएको थियो। केएमसीमा उपचारकै क्रममा स्वास्थ्य अवस्था थप जटिल बनेपछि परिवारले उनलाई थप उपचारका लागि ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा सारेको थियो।

कलाकार गौतमको पशुपति आर्यघाटमा आज   बिहान ८:३० बजे अन्त्येष्टि गरिने कार्यक्रम रहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register