‘कुलमानलाई हटाएर सरकारलाई अन्याय गर्न दिँदैनौँ’- लिङदेन 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङदेनले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर सरकारलाई अन्याय गर्न नदिने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका अध्यक्षसमेत रहेका लिङदेनले यस्तो बताएका हुन् ।  उनले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कालाई कुलमानको पछि धेरै नलाग्न पनि आग्रह गरेका छन् ।  उर्जामन्त्रीले संसद् विद्युत प्राधिकरणको आम्दानी […]

Mar 6, 2025 - 09:41
 0
‘कुलमानलाई हटाएर सरकारलाई अन्याय गर्न दिँदैनौँ’- लिङदेन 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङदेनले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर सरकारलाई अन्याय गर्न नदिने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका अध्यक्षसमेत रहेका लिङदेनले यस्तो बताएका हुन् । 

उनले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कालाई कुलमानको पछि धेरै नलाग्न पनि आग्रह गरेका छन् । 

उर्जामन्त्रीले संसद् विद्युत प्राधिकरणको आम्दानी र नाफाका विषयमा गलत विवरण सार्वजनिक गरेको भन्दै सांसद लिङदेनले झुठो विवरण देखाएर सहीलाई गलत साबित गर्नतर्फ नलाग्न पनि उर्जामन्त्री खड्कालाई आग्रह गरेका छन् । कुलमानले घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्याएको उल्लेख गर्दै उनले कुलमानलाई हटाएर सरकारले व्यवसायीबाट उठाउनुपर्ने बक्यौता छुट दिन खोजेको पनि आरोप लगाएका छन् । 

त्यस्तै, सरकारले गरेको कुलमानलाई स्पष्टिकरण सोध्ने निर्णयका विरुद्धमा खनिँदै सांसद लिङदेनले कुलमानलाई ‘जिरो’ अंक दिने हो भने मन्त्री र सरकारलाई कति नम्बर दिने ? भन्दै संसद्मै प्रश्न उठाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register