१ वर्षमा सिद्धार्थ बैंकका सीईओले लिए ९६ लाख रुपैयाँ तलब, छुट्टै भत्ता मात्र ७० लाख बढी !

काठमाडौँ । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले एक वर्षमा १ करोड ७० लाख बढी रकम भुक्तानी लिएको पाइएको छ । बैंकका सीईओले गत आर्थिक वर्षमा मात्रै तलब र अन्य सुविधाबापत बैंकबाट १ करोड ७० लाख ३२ हजार ७ सय ८७ रुपैयाँ भुक्तानी लिएका हुन् । गत आर्थिक वर्षमा बैंकका सीईओले तलबबापत मात्रै ९६ लाख […]

Jan 3, 2025 - 10:11
 0
१ वर्षमा सिद्धार्थ बैंकका सीईओले लिए ९६ लाख रुपैयाँ तलब, छुट्टै भत्ता मात्र ७० लाख बढी !

काठमाडौँ । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले एक वर्षमा १ करोड ७० लाख बढी रकम भुक्तानी लिएको पाइएको छ । बैंकका सीईओले गत आर्थिक वर्षमा मात्रै तलब र अन्य सुविधाबापत बैंकबाट १ करोड ७० लाख ३२ हजार ७ सय ८७ रुपैयाँ भुक्तानी लिएका हुन् ।

गत आर्थिक वर्षमा बैंकका सीईओले तलबबापत मात्रै ९६ लाख ३९ हजार १ सय ८७ रुपैयाँ रुपैयाँ भुक्तानी लिएका छन् ।

त्यस्तै, बैंकले सोही वर्षमा भत्ता बापत ४० लाख ८० हजार, दशैँ भत्ता बापत ११ लाख ६ हजार ८ सय रुपैयाँ, वार्षिक बिदा भत्ता बापत ४ लाख ५० हजार र सवारी साधन बापत १७ लाख ५६ हजार ८ सय रुपैयाँ सीईओलाई भुक्तानी गरेको छ ।

सीईओलाई बैंकले भुक्तानी गरेको तलबमार्फत ३९ प्रतिशतसम्म राज्यलाई कर गएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register