सेयर बजारमा सामान्य गिरावट 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक २ दशमलव ७० अङ्कले घटेर २८१८ दशमलव ४३ को विन्दुमा पुगेको छ । बिहीबार ३१० कम्पनीका ९३ हजार ८९५ पटकको कारोबारमा एक करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Mar 6, 2025 - 09:41
 0
सेयर बजारमा सामान्य गिरावट 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक २ दशमलव ७० अङ्कले घटेर २८१८ दशमलव ४३ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१० कम्पनीका ९३ हजार ८९५ पटकको कारोबारमा एक करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ रुपैयाँ रहेको छ ।

९९ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ४ वटा बढ्दा अन्य राताम्मे छ । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register