तपाईंको आजको राशिफल, मेषको लक्ष्मी प्राप्तिको राम्रो योग, तुलालाई प्रेमीको साथ पनि मिल्ने

मेष: शुभकार्यको चर्चा चल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ। प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ। टाढिँएका परिवारजनसँग भेटघाट हुनेछ। वृष: रमणीय र सुखद् यात्राको योग छ। विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ। सामाजिक कार्यमा विशेष रुचि रहनेछ। सद्‍विचाले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ। विपरीत वर्गप्रति आकर्षण [...] The post तपाईंको आजको राशिफल, मेषको लक्ष्मी प्राप्तिको राम्रो योग, तुलालाई प्रेमीको साथ पनि मिल्ने appeared first on Jhapa Online.

Mar 9, 2025 - 00:07
 0
तपाईंको आजको राशिफल, मेषको लक्ष्मी प्राप्तिको राम्रो योग, तुलालाई प्रेमीको साथ पनि मिल्ने

मेष: शुभकार्यको चर्चा चल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ। प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ। टाढिँएका परिवारजनसँग भेटघाट हुनेछ।

वृष: रमणीय र सुखद् यात्राको योग छ। विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ। सामाजिक कार्यमा विशेष रुचि रहनेछ। सद्‍विचाले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

मिथुन: नयाँ काम वा रोजगारको अवसर मिल्नेछ। सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन्। लक्ष्मी प्राप्तिको राम्रो योग छ। प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ। टाढिँएका परिवारसँग भेट होला।

कर्कट: झन्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानी होला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। वैदेशिक क्षेत्र कमजोर रहनेछ। कार्य सम्पादनमा पनि समस्या आउला तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

सिंह: रोकिएका काम पूरा हुन सक्छ। प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ। सेयर बजारमा लगानीको अवसर मिल्नेछ। आर्थिक उन्नतिका साथै परीक्षा आदिमा उत्तीर्ण हुन सकिनेछ। दिनको उत्तरार्धमा धन खर्च बढ्ला।

कन्या: कीर्तिमानी काम गर्ने समय छ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। जोशजाँगर र उमंग बढ्नेछ। कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ। पुँजी बजारमा लगानीको अवसर छ।

तुला: स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। प्राविधिक र टेक्निकल कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। प्रेमीको साथ पनि मिल्नेछ।

वृश्चिक: यात्रामा मालसामान हराउन सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

धनु: नयाँ र शुभकार्यको चर्चा चल्नेछ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। पुँजी बजारको लगानी पनि नोक्सानी हुनसक्छ। प्रेममा सफलताका साथै नयाँ कार्य प्राप्तिको योग छ।

मकर: कार्य सम्पादनमा सहजता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। मनमा उत्साह छाउने र बोली बिक्ने समय छ। सेयर बजारले पनि साथ दिनेछ।

कुम्भ: ढिलै भएपनि अधुरा काम सम्पन्न हुनेछ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्ला। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध कसिलो हुनेछ।

मीन: मनमा देखिने अस्थिरताले निर्णायक क्षमतामा कमी आउला। आत्मघाती काम गर्न पुगिएला। सावधान हुनु होला। पढाइलेखाइमा खासै प्रगति गर्न नसकिने देखिन्छ। साँझमा सहयोगीहरूको साथ पाइएला।

The post तपाईंको आजको राशिफल, मेषको लक्ष्मी प्राप्तिको राम्रो योग, तुलालाई प्रेमीको साथ पनि मिल्ने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register