भायानेटले ल्यायो ‘साम्बा प्याक’, फुटबल स्टार साम्बाको जोशका साथ इन्टरनेट सेवा प्रदान गरिने

काठमाडौँ । भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ । चर्चित नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो, र किफायती सेवाका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । साम्बा प्याकअन्तर्गत ५० एमबिपीएस, १०० एमबिपीएस, २०० एमबिपीएस, र ३०० एमबिपीएस इन्टरनेट योजना उपलब्ध छन् । विशेषगरी, १०० एमबिपीएस […]

Mar 9, 2025 - 06:12
 0
भायानेटले ल्यायो ‘साम्बा प्याक’, फुटबल स्टार साम्बाको जोशका साथ इन्टरनेट सेवा प्रदान गरिने

काठमाडौँ । भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ । चर्चित नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो, र किफायती सेवाका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

साम्बा प्याकअन्तर्गत ५० एमबिपीएस, १०० एमबिपीएस, २०० एमबिपीएस, र ३०० एमबिपीएस इन्टरनेट योजना उपलब्ध छन् । विशेषगरी, १०० एमबिपीएस वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकहरूले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन् । १०० एमबिपीएसको मूल्य रु. ८,५०० (कर सहित) बाट सुरु हुनेछ ।

भायानेट कम्युनिकेशन लिमिटेड नेपालका अग्रणी फाइबर इन्टरनेट सेवा प्रदायकहरूमध्ये एक हो । कम्पनीले उच्च-गति, भरपर्दो, र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । डिजिटल युगमा व्यक्तिहरू र व्यवसायहरूलाई सक्षम बनाउन कम्पनीले नवीनतम प्रविधिहरूको प्रयोग गर्दै सेवा सुधार्न निरन्तर प्रयास गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register