यौन दुर्व्यवहारको मुद्दामा बम्जनलाई अदालतले दियो सफाइ 

काठमाडौँ । यौन दुर्व्यवहारको आरोप लागेका रामबहादुर बम्जनले सफाइ पाएका छन् । उच्च अदालत जनकपुरले बम्जनलाई सफाइ दिएको हो ।  जिल्ला अदालत सर्लाहीको फैसलालाई उल्ट्याउँदै जिल्ला उच्च अदालत जनकपुरले न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई यौन दुर्व्यवहारको मुद्दामा सफाइ दिएको हो ।  रामबहादुर बम्जनसँगै अदालतले २०८० चैत ६ गते बाल यौन दुराचारको मुद्दा […]

Apr 17, 2025 - 11:49
 0
यौन दुर्व्यवहारको मुद्दामा बम्जनलाई अदालतले दियो सफाइ 

काठमाडौँ । यौन दुर्व्यवहारको आरोप लागेका रामबहादुर बम्जनले सफाइ पाएका छन् । उच्च अदालत जनकपुरले बम्जनलाई सफाइ दिएको हो । 

जिल्ला अदालत सर्लाहीको फैसलालाई उल्ट्याउँदै जिल्ला उच्च अदालत जनकपुरले न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई यौन दुर्व्यवहारको मुद्दामा सफाइ दिएको हो । 

रामबहादुर बम्जनसँगै अदालतले २०८० चैत ६ गते बाल यौन दुराचारको मुद्दा लागेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको छ । उनीहरु दुवैजनाले जिल्ला अदालतबाट पनि सफाइ पाएका थिए । 

यसअघि जिल्ला अदालत सर्लाहीले रामबहादुर बम्जनलाई २०८१ असार १७ गते १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register