सर्वाधिक रन बनाउने पाँच खेलाडी : रचिनदेखि विराटसम्म
काठमाडौं । उपविजेता न्युजिल्यान्डका रचिन रवीन्द्र च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ दी सिरिज) घोषित भएका उनले सर्वाधिक २६३ रन बनाएका हुन् । उनले प्रतियोगितामा दुईवटा शतक बनाएका थिए । रचिनले चार इनिङ्स खेल्दा औसतमा ६८.७५ रन बनाए । उनको स्ट्राइक रेट १०६.४७ रहेको थियो […]

काठमाडौं । उपविजेता न्युजिल्यान्डका रचिन रवीन्द्र च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ दी सिरिज) घोषित भएका उनले सर्वाधिक २६३ रन बनाएका हुन् । उनले प्रतियोगितामा दुईवटा शतक बनाएका थिए ।
रचिनले चार इनिङ्स खेल्दा औसतमा ६८.७५ रन बनाए । उनको स्ट्राइक रेट १०६.४७ रहेको थियो ।
भारतविरुद्धको फाइनलमा रचिनले ३७ रन बनाए ।
यस्तै विजेता भारतका श्रेयस एय्यर दोस्रो स्थानमा रहेका छन् । उनले २४३ रन बनाए । न्युजिल्यान्डविरुछको फाइनलमा उनले ४८ रन बनाए ।
सर्वाधिक रन बनाउनेको तेस्रो र चौथो नम्बरमा सबै तीन खेल हार्दै समूह चरणबाटै बाहिरिएको इङ्ग्ल्यान्डका खेलाडी रहेका छन् ।
जसमा बेन डकेटले २२७ तथा जो रुटले २२५ रन बनाएका छन् ।
पाँचौं नम्बरमा भने विजेता भारतका विराट कोहली रहे । उनले ११८ रन जोडेका थिए । उनी फाइनलमा भने १ रनमा आउट भए ।
आइतबार राति यूएईमा सकिएको फाइनलमा न्युजिल्यान्डलाई चार विकेटले हराएर भारतले उपाधि जितेको छ ।
रचिन च्याम्पियन्स ट्रफीका सर्वोत्कृष्ट खेलाडी घोषित
What's Your Reaction?






